Skip This
ठुलीभेरी नगरपालिकाले थाल्याे १६ आधारभूत आयोजनाको काम
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १३ शुक्रबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठुलीभेरी नगरपालिकाले थाल्याे १६ आधारभूत आयोजनाको काम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार १६:५५:oo

हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकामा एकैपटक १६ वटा आधारभूत योजनाकाे काम सुरु भएकाे छ। नगरपालिकाले शिक्षा, सडक र खानेपानीलाई प्राथमिकतामा राखेर योजना सुरु गरेको हो।

नयाँ जनप्रतिनिधि आएको आठ महिनामा पाँचवटा बृहत् खानेपानी आयोजना तथा आठवटा विद्यालय भवन निर्माणका लागि सम्झौता भएर काम सुरु भइसकेको नगर प्रमुख सुवर्ण बुढाले बताए।

त्यसैगरी दुनैमा साढे सात करोडमा रंगशाला निर्माण र साढे १२ करोडमा मोतीपुरदेखि लाग्नासम्म सडक ग्राभेल गर्ने काम पनि ठेक्का खुलाइसकिएको उनले बताए। नगरपालिकाको वडा नम्बर १, २, ३, ६, ७ र ८ मा बृहत् खानेपानी आयोजना निर्माण गर्न लागिएको छ।

लक्ष्मी माध्यमिक विद्यालय थरगाउँ, हिमाललय प्राथमिक विद्यालय थरगाउँ, विद्यामन्दिर माध्यमिक विद्यालय माझफाल, आदर्श माध्यमिक विद्यालय जुफाल, बिँडिथान आधारभूत विद्यालय जुफाल, सरस्वती माध्यमिक विद्यालय दुनै, मन्मा प्राथमिक विद्यालय कुम्ली, महादेव प्राथमिक विद्यालय माझफाल, लालीगुँरास प्राथमिक विद्यालय तिप्लामा दुई र चारकोठे भनव निर्माण गर्न लागिएको छ।

नगरपालिकाका विभिन्न क्षेत्रमा हुन लागेका सम्पूर्ण योजनाको काम गुणस्तरीय र पारदर्शी हिसाबमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

चालू आर्थिक वर्षमा विकासतर्फ मात्रै करोडौँ बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिए।