Skip This
नेता महरकाे टिप्पणी- सरकारप्रति चरम निराशा हुँदा आत्मदाहको घटना
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १३ शुक्रबार १४:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेता महरकाे टिप्पणी- सरकारप्रति चरम निराशा हुँदा आत्मदाहको घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार १४:o४:oo

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा–भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन्। 

कपिलवस्तु कांग्रेसले चन्द्रौटामा सहिदको सम्झनामा आयोजना गरेको एक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता महरले थरीथरीका अनुहारको थरीथरी भूमिका भएकाले जनतामा चरम निराशा बढेको बताएका छन्।

‘संसद् भवन रहेको क्षेत्र सुरक्षाका दृष्टिकोणले उच्च सुरक्षित स्थान हो। एक नागरिकले त्यही सुरक्षाघेराबीच संसद् भवनको मूल गेटमै आत्मदाह गर्नु निकै निराशाको कुरा हो। यो क्रम बढ्दो छ। सरकारले आफ्ना नागरिकप्रति गम्भीर भएर सोच्नुपर्नेमा सरकारमा बस्ने व्यक्तिहरू नै विभिन्न मुद्दा र काण्डमा मुछिएका कारण जनताले भरोसा गर्ने ठाउँ देखिँदैन,’ उनले भने। 

नयाँ शक्ति र युवाको नारा दिएर सत्तामा पुगेकाहरू नै पछिल्ला दिनमा एकपछि अर्को काण्डमा मुछिँदै विवादित बन्नुले उनीहरूभित्र लुकेको स्वार्थ छरपस्ट भइरहेको महरले आरोप लगाए।

यस्तो अवस्थामा कांग्रेस जनताको विश्वासिलो पार्टी बनेर उभिनुपर्ने उनको धारणा छ। ‘कांग्रेस एक मात्र त्यस्तो पार्टी हो जो सधैँ जताको सुखदुःखमा साथमै उभियो। फेरि हामी जनताको ढाडस बनेर उभिनुपर्ने वेला आएको छ। जनताको चरम निराशालाई कांग्रेसले सम्बोधन गर्न सक्नुपर्छ। र, कांग्रेस सो दिशामा अग्रसर पनि हुन्छ। तपाईंहरू कांग्रेसमाथि भरोसा गर्नुहोला,’ नेता महरले भने।

उनले मुलुकको समृद्धिका लागि सहिदहरूले प्राणको आहुती दिएको स्मरण गर्दै सरकार सहिदको त्याग, बलिदानी र सपनाप्रति जिम्मेवार हुनुपर्ने धारणा राखे। नेताहरूको मुलुकको विकास र जनताप्रतिको समर्पण भए मात्र सहिदहरूप्रतिको सच्चा सम्मान हुने बताए।

हिजो सत्ताबाहिर हुँदा ठूलो–ठूलो स्वरमा कराउनेहरू अहिले लम्पसार बनेको देख्दा दोहोरो भूमिकाले उनीहरूको चरित्र छरपस्ट हुँदै गएको महरको टिप्पणी छ।