Skip This
सेयर बजारमा झिनो अंकको गिरावट 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा झिनो अंकको गिरावट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३६:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.४१ अंकले घटेर दुई हजार एक सय ८३ दशमलव २१ मा सीमित भएको छ।

आजको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१० अंकले ओरालो लागेर चार सय १३.१४ मा झरेको छ। 

कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्यमा वृद्धि हुँदा सात उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। कारोबार भएकामध्ये कुल एक सय एक कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय सात कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन। 

आजको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर रु. दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३८ मा कारोबार भएको छ। 

नेप्सेका अनुसार कारोबारका आधारमा समृद्धि फाइनान्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु. नौ करोड ७० लाख ९५ हजार सात सय ६ बराबरको कारोबार भएको छ। 

यस्तै, रिडी पावर कम्पनी रु. आठ करोड ६१ लाख ६४ हजार सात सय ६९, आँखु खोला जलविद्युत् कम्पनी रु. सात करोड ३८ लाख ६८ हजार आठ सय ९४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु. ६ करोड ६७ लाख ६७ हजार नौ सय ३४ र अपि पावर कम्पनी रु. ६ करोड ४१ लाख आठ हजार आठ सय १४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स नौ दशमलव ९८ र साञ्जेन जलविद्युत् कम्पनीको लगानीकर्ताले ८.२३ प्रतिशतले कमाएका छन्। 

त्यस्तै, समृद्धि फाइनान्स सात दशमलव ६८, सप्तकोसी डेभलपमेन्ट बैंक चार दशमलव ५०, ग्रिन भेञ्चर्स ४.५०, सपाेर्ट माइक्रोफाइनान्स ३.७३ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाएका छन्।