Skip This
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १२ बिहीबार o८:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार o८:o९:oo

एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २१ र २२ माघमा केन्द्रीय कमिटी बैठक बोलाइएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार बैठकमा माओवादी, जसपासहित विभिन्न पार्टीसँग भएका एकता वार्ताका प्रगतिबारे छलफल हुनेछ । 

प्रकाश ज्वाला, प्रमुख सचेतक एकीकृत समाजवादी
सुरुमा संसद् सचिवालयले नै सुविधा पाउने भनेको थियो, तर अहिले प्रतिक्रिया फरक आयो । यसमा मेरो कुनै टिप्पणी छैन । 

‘राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल, समसामयिक प्रस्ताव र विविध गरी बैठकमा तीन एजेन्डा तय गरिएको छ,’ महासचिव डा. भुसालले भने, ‘प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रम, माओवादी, जसपासहित विभिन्न पार्टीसँग भएका एकता वार्ताबारे पनि बैठकमा छलफल हुनेछ ।’ यसअघि सचिवालय र स्थायी कमिटी बैठकले गरेको निर्णय पनि केन्द्रीय कमिटीले अनुमोदन गर्ने उनले बताए । यसैबीच, एकीकृत समाजवादीले पार्टी र जनसंगठनका अधिवेशन गर्न निर्देशन दिएको छ । भुसालका अनुसार अधिवेशन गर्न समय नै निर्धारण गरिएको छ । 

प्रमुख सचेतकको सुविधा नपाउने
संघीय संसद् सचिवालयले एकीकृत समाजवादीलाई प्रमुख सचेतकको सुविधा नदिने निर्णय गरेको छ । सचिवालयका अधिकारीहरूले सभामुख देवराज घिमिरेसँग परामर्श गरेर एकीकृत समाजवादीलाई प्रमुख सचेतकको सुविधा नदिने निर्णय गरेका हुन् । 

यसअघि कांग्रेस नेतृत्वको सत्तागठबन्धन हुँदा संसद्का महासचिव भरतराज गौतमले एकीकृत समाजवादीले प्रमुख सचेतकको सुविधा पाउने बताउँदै आएका थिए । तर, गठबन्धन फेरिएर एमालेका घिमिरे सभामुख बनेपछि सचिवालयको निर्णय पनि फरक आएको हो । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा प्रतिनिधिसभामा १० जनाभन्दा बढी सांसद रहेको दलको प्रमुख सचेतकले सुविधा पाउने उल्लेख छ ।