Skip This
ओली भन्छन्– आफू सरकारमा भए कांग्रेसलाई विकास र लोकतन्त्र चाहिँदैन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली भन्छन्– आफू सरकारमा भए कांग्रेसलाई विकास र लोकतन्त्र चाहिँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५७:oo

एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन् । कांग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि आवश्यक नठानेको उनको दाबी छ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा ओलीले नेपाली कांग्रेसले आफू सरकारमा सहभागी हुने एउटा सूत्र मात्रै लिएर हिँड्ने गरेको आरोप लगाए ।

‘देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठानेन । नेपाली कांग्रेसको एउटा मात्रै सूत्र छ– आफू सरकारमा हुनुपर्छ भइगो नि । त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली कांग्रेसको सरकार । देशमा लोकतन्त्र, देशमा विकास । त्यही हो । यदि देशमा सरकार कांग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भए पनि केही छैन । विकास हुनुपर्नेको भएकै छ । त्यही हो विकास । यस्तोमा बोल्न नसक्ने अभिशप्त एउटा जमात हुन्छ,’ उनले भने ।