मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ११ बुधबार ११:५५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ११ बुधबार ११:५५:००

सन्तुलित भोजन : खाली पेटमा व्यायाम गर्नुहुँदैन । त्यस्तै, खाना खानेबित्तिकै पनि व्यायाम गर्नुहुँदैन । व्यायाम गर्नुभन्दा एक घन्टाअघि कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । व्यायामपछि पनि प्रोट्रिनयुक्त खानेकुरा वा प्रोट्रिन सेक लिनुपर्छ ।  

प्रशिक्षकको निगरानी : प्रशिक्षकको प्रत्यक्ष निगरानीमा व्यायाम गर्नु राम्रो हुन्छ । शरीरलाई वार्मअप र स्ट्रेचिङ नगरी अभ्यास गर्दा मांसपेशी फाट्ने समस्या देखिन सक्छ । आफ्नो शरीरको तौलअनुसार कार्डियो, जम्पिङ, फास्ट ट्रयाक अभ्यास, हेभी जिम, लाइट जिम आदि गर्नुपर्ने हुन्छ । 

समयसीमा निर्धारण : निश्चित समयसीमा निर्धारण गरेर सधैँ उही समयमा अभ्यास गर्दा राम्रो नतिजा निस्किन्छ । हामीले दैनिक एकदेखि दुई घन्टासम्म कुनै पनि शारीरिक अभ्यास गर्न सक्छौँ । जिमका सबै प्रोग्राम गर्नुपर्छ भन्ने होइन । कार्डियो, स्ट्रेचिङलगायत अभ्यासले पनि शरीरलाई स्वस्थ र सुन्दर बनाउँछ । तर, नियमित रूपमा भने गर्नुपर्छ ।