Skip This
‘क्रसबोर्डर पेमेन्ट र इकमर्समा नेपाल–भारत सहकार्य आवश्यक’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ११ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ११ बुधबार o८:o२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘क्रसबोर्डर पेमेन्ट र इकमर्समा नेपाल–भारत सहकार्य आवश्यक’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ११ बुधबार o८:o२:oo

क्रसबोर्डर डिजिटल पेमेन्ट तथा फिनटेक र क्रसबोर्डर इकमर्सजस्ता स्टार्टअप व्यवसायमा नेपाल र भारतले सहकार्य गर्नुपर्ने भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । भारतीय दूतावास र नेपाल उद्योग परिसंघले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत स्टार्टअप कनेक्ट’ कार्यक्रममा सम्बोधन गर्दै उनले दुवै मुलुकलाई फाइदा हुने गरी स्टार्टअप इकोसिस्टमको विकास गर्नुपर्ने बताएका हुन् । 

दूतावासले ७५औँ स्वतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल–भारत क्रसबोर्डर क्युआर पेमेन्टको व्यवस्था गर्न आवश्यक तयारी भइरहेको बताए । साथै, नेपाल–भारत डिजिटल पेमेन्ट सिस्टम बनाउन दुवै देशबीच सहकार्य हुन आवश्यक रहेको पनि उनले बताए । 

यस्तै, क्रसबोर्डर पेमेन्ट सिस्टममा काम गर्न चाहने सेवाप्रदायकलाई राष्ट्र बैंक सहयोग गर्न तयार रहेको उनले बताए । ‘जसले स्टार्टअप व्यवसायका रूपमा नेपाल–भारत क्रसबोर्डर डिजिटल भुक्तानीको काम गर्न चाहनुहुन्छ, उहाँलाई राष्ट्र बैंक सहयोग गर्न तयार छ,’ उनले भने, ‘यद्यपि, नेपाल–भारत क्रसबोर्डर पेमेन्टका लागि अझै छलफल गर्न भने आवश्यक छ । यसमा हामी अगाडि बढ्नुपर्छ ।’ यसमा सुरक्षाको विषयमा पनि छलफल गर्नुपर्ने उनको भनाइ छ । सन् ०२३ लाई डिजिटल भुक्तानी प्रवद्र्धन वर्षका रूपमा मनाउन लागेको पनि बताए । ‘कोरोनापछि नेपालमा डिजिटल भुक्तानीले फड्को मारेको छ,’ उनले भने, ‘डिजिटल भुक्तानीलाई थप वृद्धि गर्न हामी अभियानका रूपमा अघि बढ्दै छौँ ।’

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न मिसन स्टार्टअप २०३० फेमवर्कमा काम गर्न लागेको बताए । यसका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको उनको भनाइ छ । 

‘हामीले मिसन स्टार्ट अप २०३० को फेमवर्कमा काम गर्न लागेका छौँ । यसमा निजी क्षेत्रसहित सबै सरोकारवालाको सहयोग आवश्यक छ,’ उनले बताए । यस्तै, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपकराज जोशीले भारतलाई नेपालमा लगानी गर्दा थुपै्र अवसर भएको बताए । त्यसमा परिसंघले सरकार, पोलिसीगत तहमा आवश्यक समन्वयन तथा पहल गरिदिने उनको भनाइ छ । 

 क्रसबोर्डर पेमेन्ट तथा इकमर्समा सम्भावना 
कार्यक्रममा भएको प्यानल छलफलमा सरोकारवालाले नेपाल–भारत क्रसबोर्डर पेमेन्ट तथा इकमर्समा व्यावसायिक सम्भावना रहेको बताए । अहिले नेपाल–भारतबीच परम्परागतशैलीमा व्यापार भइसकेको छ । अधिकांश कारोबार त नगदमा नै आधारित छ । त्यो अवस्थामा नेपाल–भारत इकमर्स र क्रसबोर्डर डिजिटल पेमेन्टसम्बन्धी व्यवसायमा उच्च व्यावसायिक सम्भावना रहेको बताइएको छ । यसका अलावा नेपालको स्टार्टअप क्षेत्रमा भारतलाई लगानी गर्दा थुपै्र अवसर रहेको पनि बताइएको छ ।