Skip This
विदेश जाने विद्यार्थी रोक्न विधेयक अघि बढाइयाे : शिक्षामन्त्री खनाल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विदेश जाने विद्यार्थी रोक्न विधेयक अघि बढाइयाे : शिक्षामन्त्री खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१६:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो संख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएका छन्। 

राष्ट्रिय सभामा  नेपाल  विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरूले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताएका हुन्। 

मन्त्री खनालले भने, ‘एक लाख २२ हजार नेपाली विद्यार्थी विश्वका एक सय ६ भन्दा बढी मुलुकमा अध्ययनका लागि गएको तथ्यांक छ, ती युवालाई रोक्न सकिन्छ कि भन्ने हेतुले यो विश्वविद्यालय विधेयक अघि बढाइएको हो।’

मुलुकको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन तथा विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने होस् भन्ने उद्देश्य रहेको बताउँदै उनले गुणस्तरीय शिक्षा मात्र नभई संघीयताको मर्म र भावनालाई विश्वविद्यालयले बोकेको स्पष्ट पारे। 

यसअघि विधेयकमाथिको  छलफलमा सदस्यहरूले विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक क्षेत्रका रूपमा व्यवस्थित गर्न आवश्यक रहेको बताए। 

विश्वविद्यालयलाई स्वायत्त संस्थाका रूपमा लैजान सक्नुपर्ने आजको अवसर र चुनौती रहेको बताउँदै दक्ष प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालय सक्षम होस् भन्ने सबैको चाहना रहेको उल्लेख गरे। 

सदस्यहरूले उपयुक्त हावापानी भएका कारण नेपाललाई  शैक्षिक अध्ययनको हब बनाउन प्रयत्न गर्न आवश्यक रहेको बताउँदै यसअघिका विश्वविद्यालयलाई पनि भरपर्दो, अनुशासित, गुणात्मक र विश्वसनीय बनाउन आवश्यक सुझाव दिए। 

वियेकमाथिको छलफलमा भाग लिँदै सदस्य जितेन्द्रनारायण देवले राज्यको स्रोतको बोझ नलिने उद्देश्य बोकेको यस विश्वविद्यालयले गुणात्मक शिक्षामार्फत विश्वबजारमा प्रतिस्पर्धा गर्ने सक्ने  दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको बताए। 

सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेकाे प्रस्तावलाई सदनकाे बहुमतले स्वीकृत गर्‍याे। राष्ट्रिय सभाको अर्को बैठक यही माघ १३ गते शुक्रबार दिनको ४ बजे बस्नेछ।