मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Friday, 28 August, 2026
२o७९ माघ १० मंगलबार १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा हिमपात, सुक्दै गएका हिउँदे बालीनालीलाई राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १४:११:oo

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ। जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलंगामा समेत हिमपात भइरहेको हो।

मंगलबार बिहानदेखि लगातार हिउँपात भइरहेको छ। गएको असोज महिनादेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए। लामो समयपछि हिमपात भएपछि सुक्दै गएका हिउँदे बालीनालीलाई सहज भएको कृषक बताउँछन्। 

जुम्लामा धेरैजसो सिँचाइ नहुने पाखो जमिन छ। जहाँ कृषकले आकासे वर्षादका भरले जौ गहुँ बाली लगाउने गर्दछन्। वर्षाद नहुँदा कतिपय पाखोमा रहेको जमीन बाँझो रहेको थियो। अब वर्षाद हिउ पर्‍याे, जौ गहुँ बाली लगाउन सहज भएको स्थानीय कृषक दलबहादुर नेपालीले बताए। 

हिउँदे बालीलाई सिँचाइका लागि सहज भए पनि हिमपातले जनजीवन कष्टकर बनेको छ। ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी  चिसोबाट बढी प्रभावित भएका छन्। किसान भने हिमपातपछि उत्साहित भएका छन् । यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो। 

हिउँदे बाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन्। हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ। 

हिमपातले यातायात सेवा र विद्युत् प्रभावित भएको छ। विगतमा मंसिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात सुरु भएपछि यहाँका किसानले लगाएको गहुँ, जहुँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई सहज भएको छ। 

हिमपातपछि जुम्लाको तापक्रम माइनसम्ममा झरेको छ। हिमपातले जुम्लाका किसानलाई राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए।