मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ माघ ९ सोमबार १९:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘मकवानपुर गोल्डकप-२०७९’ माघ २९ देखि ११ फागुनसम्म 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १९:५९:oo

पाँचौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल २०७९ प्रतियोगिता यही माघ २९ गतेबाट हुने भएको छ। 

आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको मकवानपुर गोल्डकप माघ २९ देखि फागुन ११ गतेसम्म गर्ने जानकरी दिएको हो।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा १२ टिमको सहभागिता हुने फुटबल संघका जिल्ला अध्यक्ष टिक लामाले जानकारी दिए। 

प्रतियोगितामा ८ वटा ‘ए’ डिभिजन टिमसहित २ वटा विदेशी र २ वटा मोफसलका टिमको सहभागिता रहने आयोजकले जनाएको छ। 

प्रतियोगितामा आयोजक मकवानपुरसहित ए डिभिजन टिम मछिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री-स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्युरोड टिम एनआरटी, हिमालयन शेर्पा क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र एभिनियर एफसी क्यामरुनको सहभागिता रहने सम्भावना रहेको अध्यक्ष लामाले बताए।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई दिइने पुरस्कारको विषयमा टुंगो लाग्न बाँकी रहेको अध्यक्ष लामाले जानकारी दिए।

तेस्रो र चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई हेटौँडा स्कुल म्यानेजमेन्टको प्रायोजनमा बुलेट मोटरसाइकल प्रदान गरेको थियो। पुरस्कारको निरन्तरताका लागि छलफल भैरहेको संघका अध्यक्ष लामाले बताए। 

यस्तै, विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। 

प्रतियोगिताको लागि १ करोड ४१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। मकवानपुर गोल्डकपको चौथो संस्करण त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो।