१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १२:o९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘संखुवासभाका सफल व्यक्तिहरू’ पुस्तक सार्वजनिक

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १२:o९:oo

हिमाली जिल्ला संखुवासभा राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा समेत अगाडि छ । जिल्लाका सफल व्यक्तित्वहरूको साझा संगालोको रूपमा खाँदबारी नगरपालिकामा रहेको पाठकधारा टोल विकास संस्थाले पुस्तक प्रकाशन गरेको छ ।

‘संखुवासभाका सफल व्यक्तित्वहरू’ नामक पुस्तक शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस्तकको लोकार्पण गर्दै पुस्तक ऐतिहासिक हुने विश्वास व्यक्त गरे । नेपालको विकासमा पहिलो स्थान र भूमिका निर्वाह गर्ने व्यक्तिहरूको छुट्टाछुट्टै अनुभव र दक्षता एउटै पुस्तकमा समेटिएकाले पुस्तक पठनीय र ऐतिहासिक हुने उनले बताए ।

पुस्तकमा विभिन्न विधामा उच्चता हासिल गरेका संखुवासभाका ३१ जनाको जीवनी र दृष्टिकोण समावेश गरिएको छ । पाठकधारा टोलले यसअघि संखुवासभाका ज्येष्ठ नागरिकहरूको अनुभव समेटिएको पुस्तक प्रकाशन गरेको थियो ।