Skip This
अबेर रातिसम्म खेलिने टेनिसले खेलाडीको स्वास्थ्यमा हानि
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
एजेन्सी मेलबर्न
Invalid date format o८:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अबेर रातिसम्म खेलिने टेनिसले खेलाडीको स्वास्थ्यमा हानि

मध्यरातिसम्म हुने टेनिस खेलबाट मानसिक तनावको सामना गर्नुपरेको खेलाडीको गुनासो

Read Time : > 1 मिनेट
एजेन्सी, मेलबर्न
नयाँ पत्रिका
Invalid date format o८:२१:oo

अस्ट्रेलियन ओपन ग्रान्डस्लाममा गत शुक्रबार एन्डी मुर्रे र थानासी कोकिनाकिसबीच दोस्रो चरणको खेल बिहान ४ बजेसम्म चल्यो । तेस्रो चरणमा पुग्ने खेलाडी छिनोफानो हुन पाँच सेटसम्म प्रतिस्पर्धा नै चल्यो । म्याराथन सेटमा मुर्रेले जित निकाल्न पाँच घन्टा ४५ मिनेट समय लगाए । टेनिस इतिहासमा यो खेल अहिलेसम्मकै लामो मानिएको छ । गत सेप्टेम्बरमा युएस ओपनका दौरान कार्लोस अल्कारेज र जेनिक सिनरबीचको खेल रातिको ३ बजेसम्म चल्यो । टेनिसमा यी केवल दुई घटना मात्र हुन् । 

अबेर रातिसम्म खेलाडी प्रतिस्पर्धा गर्दा स्वास्थ्यका नजरले पनि राम्रो मानिएको छैन । यस्तो किसिमको खेल खेलाडीहरूका लागि हानिकारक भएको विज्ञहरूले बताएका छन् । फेरि टेनिस यस्तो खेल हो, ४८ घन्टाभित्र अर्को खेलको तयारीमा जुट्नुपर्छ । पाँच–पाँच घन्टा लगाएर जित निकालेका खेलाडीले आराम खासै गर्न पाउँदैनन् । ती खेलाडी भोलिपल्ट अर्को खेलमा शतप्रतिशत मिहिनेतका साथ कोर्टमा उत्रनुपर्छ । 

अघिल्लो खेलको थकान पूरा नहुँदै खेलाडीले प्रतिस्पर्धा गर्दा राम्रो नतिजा निकाल्न नसकिने विज्ञहरूले बताएका छन् । सम्भवतः मुर्रे अस्ट्रेलियन ओपनको तेस्रो चरणबाट बाहिरिनुको पछाडि यही कारण थियो । लगभग पौने ६ घन्टा लगाएर दोस्रो चरण पार गरेका मुर्रेले शनिबारै रोवर्टो बाउटिस्टासँग प्रतिस्पर्धा गरे । तीनपटकको ग्रान्डस्लाम विजेता मुर्रेले लगातार दुई म्याराथन सेटमा जित निकाल्दा फिटनेस एकनास बनाउन सकेनन् । उनी रोवर्टोसँग ६–१, ६–७, ६–३ र ६–४ को चार सेटमा पराजित भए । मुर्रेले तेस्रो चरणको प्रतिस्पर्धा गर्न केवल १० घन्टा ५० मिनेट समय मात्र तयारीका लागि पाएका थिए ।

शारीरिक र मानसिक तनाव
एक अध्ययनअनुसार अबेर रातिसम्म खेल हुँदा खेलाडीले शारीरिक र मानसिक रूपमा फिट बनाउन सक्दैनन् । उनीहरूलाई जितसँगै अर्को खेलको चिन्ता लाग्छ । शरीर पूर्ण रूपले फिट हुन नसक्दा खेलाडी अल्छी हुन्छन् । साथै, दर्शक र अफिसियललाई समेत नैराश्यता जगाउँछ । मुर्रेले पनि शुक्रबारको खेलपछि भनेका थिए, ‘यो खेल कसैका लागि राम्रो होइन, कोर्टमा पाँच घन्टाभन्दा बढी समयसम्म खेल्दा खेलाडी आफैँमा थाकेका हुन्छन्, साथै अम्पायर र दर्शक पनि एकै सिटमा बस्न सक्दैनन् ।’

टेनिस स्टार निक किर्गियोसले पनि अबेर रातिसम्मको खेल राम्रो नभएको बताएका छन् । ‘अबेर रातिसम्म हुने खेलले खेलाडीलाई मात्र नभएर आयोजकलाई समेत नराम्रो गर्छ,’ निकले भने, ‘खेलाडीले मानसिक तनाव सामना गर्नुपर्छ, यसका साथै स्वास्थ्यको नजरले पनि घातक छ ।’ गत वर्षको युएस ओपनमा अधिकतम खेल मध्यराति १ बजे सकिएका थिए । खेल समाप्त भएको लगत्तै सम्बन्धित पक्षले खाना खाँदा बिहानको ४ बजेको थियो । ‘हामीले युएस ओपनमा बिहानको ४ बजे खाना खायौँ, रातिको १० बजे खाना खानुपर्ने थियो,’ उनले भने, ‘यसले स्वास्थ्यमा असर परेको थियो ।’

दर्शकलाई समेत समस्या
एकातिर अबेर राति खेल्दा खेलाडीहरूले धेरै समस्या झेल्नुपर्छ, अर्कोतिर खेलाडीलाई समर्थन गर्न आउने दर्शकले विभिन्न किसिमको तनाव सामना गर्नुपर्छ । उनीहरूलाई कसरी घर फर्कने भन्ने चिन्ता लाग्छ । उनीहरूलाई समयमै अफिस पुग्नुपर्ने बाध्यता हुन्छ । मध्यरातिसम्म टेनिस खेल हेरेका दर्शक भोलिपल्ट अफिसमा पुग्दा अल्छी हुन्छन् । साथै, अघिल्लो रातको ‘ह्याङ’ सकिएको हुँदैन ।