Skip This
संविधान रक्षाका लागि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : प्रदीप पौडेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका नवलपरासी
Invalid date format १७:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान रक्षाका लागि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको रक्षाका लागि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । विगतमा एमाले अध्यक्ष केपी ओलीअनुकूलको राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गरेको भन्दै उनले यस्तो धारणा राखेका हुन् ।

कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आइतबार आयोजना गरेको कार्यक्रममा पौडेलले भने, ‘हिजो ओलीजी अनुकूलको राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गर्नुभयो । यो गठबन्धनले फेरि सम्झौताअनुसार त्यस्तै स्मेल बनाउने गरी अगाडि बढ्यो भने त्यो नेपालको संविधानका लागि खतरा हुन्छ।’

अहिले बहुरंगी संसद् बनेको भन्दै उनले कांग्रेसबाट राष्ट्रपति चुनिए त्यसलाई समन्वय गर्न सक्षम हुने दाबी गरे । ‘अतिवादमा विश्वास नगर्ने कांग्रेसको समन्वयकारी भूमिकाले हिजो देशका गम्भीर संकटहरू समाधान भएका छन् । आज पनि कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुग्न सक्यो भने बहुरंगी आजको संसदलाई समन्वय गर्न सक्छ ।’