Skip This
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन्। २८५९औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसार समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 

‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताको संगमस्थल हो। यहाँ १२५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोवास गर्दछन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ बसोवास गर्ने सबै जाति, जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू छन्। 

यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’

ल्होको अर्थ साल, संवत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो। यो परम्परामा विभिन्न बाह्रवटा पशुपन्छीको नामबाट १२ ल्होको नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ। 

बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक–एकवटा ल्हो फेरिन्छ। ल्हा (वर्ष) सँग खाम (पाँच तत्व) हरू– आगो, पानी, माटो, फलाम, काठसँग जोडिएका हुन्छन्। यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रूपमा मान्दै आएका छन्। तामाङहरूले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिन हो।
 
हिजो ताक् ल्हो (बाघ वर्ष) लाई बिदा गरियो। आजबाट ह्योई (खरायो वर्ष) ल्हो सुरु भयो। यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो। यसले तामाङ जातिको उदगम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ। 

नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायतका मंगोल—चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ। आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ-संस्थाहरूले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन्।