१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ ८ आइतबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विषादीयुक्त जडीबुटी खाँदा एकजनाको मृत्यु, तीन बिरामी

Read Time : < 1 मिनेट
२०७९ माघ ८ आइतबार १५:१७:००

चन्दननाथ नगरपालिका– ८ रोकायाबाडामा खानामा जडीबुटी मिसाएर खाँदा ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको छ । अन्य तीनजना बिरामी परेका प्रहरीले जनाएको छ ।

बिरामी पर्नेहरूमा ३८ वर्षीय तिल धराला, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बिरामीमध्ये तिल घरधनी हुन् भने अन्य सबै उनको घर बनाउन ज्यालामा आएका डकर्मी हुन् ।

गेडागुडी खाइसकेपछि एक्कासि बेहोस भएका उनीहरू सबैलाई तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याएको स्थानीय भैरबहादुर धरालाले बताए । उनले गेडागुडीमा हालिएको जडीबुटीमा विषादीयुक्त जडीबुटी परेको हुनसक्ने बताए ।

बिरामी परेका तीनजना होसमा आइसकेका छन् । उनीहरूको प्रतिष्ठानको आइसियूमा राखेर उपचार भइरहेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।