Skip This
उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई नगरपालिकाले १० लाख दिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ८ आइतबार
  • Saturday, 27 July, 2024
बेलकोटगढी– १३ स्थित सूर्यमती माविको ६६औँ वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गर्दै नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिव दाहाललगायतका अतिथि । तस्बिर : रामहरि न्यौपाने/रासस
रासस नुवाकोट
२o७९ माघ ८ आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई नगरपालिकाले १० लाख दिने

Read Time : < 1 मिनेट
रासस, नुवाकोट
नयाँ पत्रिका
२o७९ माघ ८ आइतबार १३:५८:oo

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप रु. १० लाख दिने घोषणा गरेको छ ।

नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत तोकिएको मापदण्डका आधारमा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । स्थानीय तहले शिक्षाको समग्र विकास गर्ने उद्देश्यले ल्याएको कार्यक्रममार्फत विद्यालयले विद्यार्थी संख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ । 

‘नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छ,’ उनले भने, ‘मापदण्डमा रहेको सूचांकका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।’ शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उनको भनाइ छ ।

विद्यालयलाई शैक्षिक क्यालेण्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य  कार्यक्रममा समावेश गरिएको गाउँपालिका उपप्रमुख शिवप्रसाद दाहालको भनाइ छ ।

उनका अनुसार विद्यालयमा विद्युतीय हाजिर, पूर्ण दरबन्दी, ई–पुस्तकालयसहित प्रत्येक शैक्षिक सत्रको उपलब्धिलाई तथ्यांक र गुणस्तरीय मापदण्डको आधारमा मापन गरिनेछ । 

‘शिक्षाको विकासलाई नगरले प्राविधिक शिक्षा, प्रविधियुक्त शिक्षा र सीपयुक्त शिक्षालाई जोड दिएको छ,’ उनले भने, ‘शिक्षा सुधारका लागि विद्यालयलाई भौतिक रूपमा सम्पन्न, शिक्षक–कर्मचारी पर्याप्त र सरोकारवाला पक्षको सकारात्मक सहयोग जुटाउन कार्यक्रम ल्याएको हो ।’

हाल बेलकोटगढी नगरभित्र १९ वटा माध्यमिक विद्यालयसहित ५४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।