१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सन्तुलित भोजन के खाने ? कतिवेला खाने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३४:oo

शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सन्तुलित भोजनको आवश्यकता हुन्छ । मानिसको शारीरिक अवस्था एउटै हुँदैन, त्यसैले शारीरिक बनावटअनुसार खानुपर्ने हुन्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरी, प्रोटिन, फ्याट र फाइबरको मात्रा पनि फरक–फरक हुन्छ ।

महिलालाई औसतमा २१ देखि २५ ग्राम दैनिक फाइबर आवश्यक पर्छ भने पुरुषलाई ३१ देखि ३८ ग्राम आवश्यक पर्छ । बिहानको समयमा हाम्रो शरीरको पाचन प्रणाली बढी सक्रिय हुन्छ । दिन ढल्दै गएपछि कम सक्रिय हुन्छ । त्यसकारण पनि ब्रेकफास्ट वा लन्च हेभी खानुपर्छ । रातिको खाना लाइट खाँदा राम्रो हुन्छ । 

उठ्नेबित्तिकै के खाने ? 
उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनुपर्छ । त्यसपछि सीधै ब्रेकफास्ट गर्दा पनि हुन्छ । वा, फलफूल, ओट्स, चिउरा, दूध खाँदा पनि हुन्छ । कतिपयको चिया र बिस्कुट खाने बानी हुन्छ । बिस्कुटले स्वास्थ्यका लागि फाइदा गर्दैन । घरमै बनाएको रोटी र चिया खान सक्नुहुन्छ । सकेसम्म चिनी नखाँदै राम्रो हुन्छ । 

ओखर, काजु, पिस्ता, बदाम, किसमिसजस्ता ड्राई फुड खाँदा पनि हुन्छ । यस्ता ड्राई फुडमा प्रोटिनको मात्रा धेरै हुन्छ, जुन शरीरका लागि अत्यावश्यक हुन्छ । सिजनल फलफूल खाँदा झन् राम्रो हुन्छ । 

 ब्रेकफास्ट 
 ब्रेकफास्ट गर्दा तीन–चार सयसम्मको क्यालोरीयुक्त खाना खानुपर्छ । जसले कार्बाेहाइड्रेट र प्रोटिनलाई सन्तुलनमा राख्न सकोस् । कार्बाेहाइड्रेट मात्रै हुनु भएन । कतिपयको बिहानको समय रोटी र तरकारी खाने बानी हुन्छ । यतिले मात्रै मांसपेशीका लागि आवश्यक पर्ने प्रोटिनको मात्रा पुग्दैन । खाजा वा खानामा प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन मिलाउनुपर्छ । जस्तै– दाल, गेडागुडी, दूध, अन्डा, माछा, मासु मात्रा मिलाएर खानुपर्छ । 

 लन्च 
लन्च गर्दा दाल–भात–तरकारी खाँदा पनि हुन्छ । हरियो सागपातमा अझ बढी जोड गर्नुपर्छ । सिजनल तरकारी खाँदा राम्रो हुन्छ । सलादचाहिँ खानामा अनिवार्य समावेश गर्दा राम्रो हुन्छ । सलादले शरीरलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्छ । गाँजर, काँक्रा, मुला, प्याज मिलाएर खाँदा राम्रो हुन्छ । चिल्लो, पिरो र मरमसला कम हालेर तरकारी बनाउनुपर्छ । उसिनेर पकाएको तरकारी खानु झनै राम्रो हुन्छ । पानी पनि प्रशस्त पिउनुपर्छ ।

 दिउँसोको खाजा
खाना खाइसकेपछि दिउँसो करिब ३ बजे खाजा खानु उपयुक्त हुन्छ । दिउँसोको समयमा कार्बाेहाइड्रेट कम र प्रोटिन धेरै भएको खानेकुरा खानुपर्छ । जस्तै– भुटेको चना, भटमासजस्ता खानेकुरा खानुपर्छ । साँधेर वा अन्डा–चिउरासँग समावेश गरेर चना खाँदा पनि हुन्छ । 

 बेलुकी 
बेलुकाको खाना ७ देखि ८ बजेभित्र खाँदा राम्रो हुन्छ । बेलुकीको खानामा तरकारी तथा सागसब्जी समावेश गर्नुपर्छ । बेलुका शारीरिक तथा मानसिक रूपमा आराम गर्ने समय भएकाले कम खाँदा राम्रो हुन्छ । सुत्ने समयमा शरीर धेरै सक्रिय नहुने भएकाले धेरै खाँदा पचाउन कठिन हुन्छ । प्रोटिन कम भएको खानेकुरा खानुपर्छ । कतिपयमा खाना खानेबित्तिकै सुत्ने बानी हुन्छ, जो राम्रो होइन । खाना खाएपछि कम्तीमा चार घन्टापछि सुत्दा राम्रो हुन्छ । चार घन्टाभित्र खाना शरीरमा पचिसकेको हुन्छ । खाना खानेबित्तिकै सुत्नु राम्रो होइन । यस्तो बानीले बिहान उठ्दा फ्रेस हुन सकिँदैन । यदि, धूम्रपान, मद्यपानको लत छ भने आजैबाट छाड्नुस् । यसले शरीरलाई राम्रो गर्दैन । 

 

ad
ad