Skip This
ललितपुर बारमा मतदान सम्पन्न, केहीबेरमा मतगणना
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर बारमा मतदान सम्पन्न, केहीबेरमा मतगणना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

ललितपुर बार एसाेसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भएको छ।

निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नयाँ कार्यसमितिका लागि बिहान ८ बजेदेखि सुरु मतदान सम्पन्न भएको हो। कुल आठ सय १२ मतदाता रहेकामा छ सय मत खसेको छ। केही समयमा मतगणना सुरु हुनेछ।

नयाँ नेतृत्वका लागि दुई समूहले उम्मेदवारी दिएका छन्। निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेसागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशीकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा छन्। 

बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला(मा सजनी श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठका साथै सदस्यहरूमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिएका छन्। 

त्यस्तै, गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिएका छन्।

महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यहरूमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगीले उम्मेदवारी दिएका छन्। निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।