१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा पहिलोपटक महिला प्रजिअ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:३८:oo

ताप्लेजुङमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी आउने भएकी छिन् । हालका प्रजिअ महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलोपटक महिला प्रजिअ आउन लागेकी हुन् ।

पोख्रेल काभ्रेपलाञ्चोक सरुवा भएपछि गृह मन्त्रालयमा रहेकी गोमादेवी चेम्जोङ ताप्लेजुङको प्रजिअका रुपमा आउने भएकी हुन् । चेम्जोङले यसअघि भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हालिसकेकी छिन् ।

ताप्लेजुङमा गत बर्षहरुमा महिलाले सहायक प्रमुख जिल्ला अधिकारीको कार्यभार मात्रै सम्हालेका थिए । अहिले भने जिल्ला न्यायाधीश र सरकारी वकिल पनि महिला छन् । जिल्ला न्ययाधीशमा निर्मला योङ्हाङ तथा सरकारी वकिलमा मौना सिंह रहेका छन् ।
 

ad
ad