Skip This
हिउँ कम पर्दा किसानको सपनामा बज्रापात
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o८:३३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

हिउँ कम पर्दा किसानको सपनामा बज्रापात

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३३:oo

पछिल्ला केही वर्षयता हिमाली जिल्ला हुम्लामा कम हिमपात हुन थालेपछि किसानको सपनामा तुसारापात हुन थालेको छ। जलवायु परिवर्तन भएसँगै हिमाली जिल्ला हुम्लामा हिउँ पर्न छोडेपछि वनपाखा,र गाउँबस्ती, उजाड देखिदैँ आएका छन्  ।  विगतमा  वर्षभरि हिँउले ढाकिएका हिमाल र डाडाँकाँडाहरु चाँदीझैँ टलक्क टल्कन्थे । 

कर्णालीका हुम्ला,मुगु,डोल्पा,जुम्ला कालिकोट लगायतका जिल्ला हिउँकै कारण मनमोहक देखिन्थे तर ७/८ वर्षयता कम हिउँ  पर्न थालेपछि यहाँ डाडाँ पाखा पखेरा र हिमाल अत्यन्त सुन्दर मनमोहक मात्रै हराउन थालेका छैन किसानको सपनामा समेत तुसरापात हुन थालेको सिमकोट गाउँपालिका ५ का अगुवा वृद्धा अदानसिहं रावतले आफनो अनुभव सुनाए । 

२०/२२ वर्ष पहिले एक घरबाट अर्को घर जान समेत मुस्किल हुन्थ्यो आजभोली हिउँ  पर्न छोड्यो रावतले बताए ।  बाक्लो हिउँ परेपछि असोज महिनादेखि पुससम्म छरिने जेठासी बाली उवा, जौ र गहुँको उत्पादन राम्रो हुन्थ्यो  रावतको भनाइ छ।

मंसिर महिनाबाट पहिला पहिला हिउँ पथ्यो ५/६ फिट हिउँ पर्ने गथ्यो चंखेली गाउँपालिका ५ का भियाले तामाङको अनुभव छ। जति बाक्लो हिँउ पर्छ त्यति नै चैत वैशाखतिर छर्न सुरु हुने कात्तिके  बाली कोदो,फापर,चिनो,मार्से,लट्टे,भटमास,धाँन सिमी, कागुनो,आलु आदी उत्पादन राम्रो हुन्थ्याे तामाङले भने । 

उनका अनुसार बालीनाली मात्रै होइन हुम्लाका विभिन्न जंगलमा पाइने जडीबुटीहरु उतिस,सेतो चिनी, कुटकी,च्याउ,पाँचेऔले,यार्सागुम्बा जस्ता बहुमुल्य जडीबुटी उत्पादनमा पनि हिउँको ठुलो योगदान हुने गरेको बताए । 
पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला  हुम्लाका गाउँघरतिर पुराना बुढापाकाहरू उखान सुनाउँछन ।

 पुस महिनाको हिउँ छिटै नपग्लने भएकाले बरफ जम्छ र जमेपछि त्यो चट्टानजस्तो हुने भएकाले त्यसलाई ‘शिला’ नाम दिइयो । माघ महिनामा पर्ने हिउँ बढ्दो तापक्रमले गर्दा छिटै पग्लने अर्थात् बिलाउने हुँदा माघको हिउँको नाम बिला राखियो । फागुन महिनामा हिमपात हुँदा यताउता हिँडडुल गर्दा दायाँबायाँ फाल्दाफाल्दै मिलिक्कै बिलाउने हुनाले त्यसलाई टिलाफिला भनिएको बुढापाकाको भनाइ छ ।

कम हिउँ बढी चिन्ता
हुम्ला जिल्लामा पछिल्ला समय कम हिउँ पर्न थालेपछि किसानहरु बढी चिन्ता गदैँ आएका छन् । जलवायु परिवर्तनको प्रभावले यहाँपनि देखिएको छ । ६/७ फिट हिउँ पर्ने हुम्लामा बढीमा एक दुई फिटसम्म मात्रै हिउँ पर्ने थालेपछि जलवायु प्रभाव यहाँ देखिएको पाईएको छ । 

जबजब हुम्लाका वनपाखा र गाउँबस्तीमा कम हिमपात हुन्छ, तबतब हुम्ली किसानका सपनामा तुसारापात हुने  नाम्खा गाउँपालिका –३ विष्णुबहादुर लामाले बताए । कम हिउँ पर्ने थालेपछि खेतीपाती पनि कम हुन थालेको  लामाले बताए ।  खेतीपाती मात्रै होइन यहाँ रुघाखोकी जस्ता रोग बढ्न थालेको छ । त्यसैले पनि जति कम हिँउ पर्छ हुम्ली जनतालाई नै बढी चिन्ता छ ।

 


चाँदीझैँ टल्किने हिमाल उजाड
हिँउ परेर चाँदीझैँ टल्लक टल्किने  हिमाल,डाडाँकाडाँ उजाड देखिन थालेका छन् । बाक्लो हिमपात हुँदा चाँदीझैँ टल्किन्थे ।  बाहै महिना सेताम्मे हुन्थे ।  आजभोली उजाड हुने गरेको नाम्खा गाउँपालिका १ का नाम्ग्याल तामाङको भनाइ छ । 
बाक्लो हिँउ पर्नु भनेको प्रकृतिको वरदानका रुपमा स्वीकारिन्थ्यो ।  अहिलेका पुस्ताले  बाक्लो हिँउको कष्टकर जीवन झेल्नु नपरेको तामाङको भनाइ छ । कम हिँउ पर्न थालेपछि किसानको सपनामा बज्रपात हुन थालेको छ । 

उत्पादनमा कमी 
जिल्ला कृषि विकास कार्यालय हुम्लाको तथ्यांकमा जलवायु परिवर्तनका कारण हुम्लामा उत्पादन घटेको जनाएको छ । ५ हजार २० हेक्टर जमिन खेतियोग्यमध्ये ८५ प्रतिशत ४२४७ हेक्टर जमिन खेती हुने गरेको तथ्यांकमा उल्लेख छ ।
जिल्ला कृषि विकास कार्यालय हुम्लाको २०७८ को  प्रारम्भिक जनगना अनुसार ७२८ टन धान उत्पादन २३५ टन मैक, ९४१ टन गहुँ ,१३३५ टन कोदो,८०१ टन जौ ,५७४ टन फापर,६१२ टन उवा,११३ टन  कागुनो  २४४ टन चिनो उत्पादन भएको प्रारम्भिक तथ्याक रहेको छ । 

५० हजार क्विन्टल चामलको माग
चालु वर्षका लागि हुम्ला जिल्लाभरी ५० हजार क्विन्टल चामलको भएको छ । आर्थिक वर्ष ०७९/०८० का लागि जिल्लाका सिमकोट शाखा, डिपो केन्द्र श्रीनगर र सर्केगाड बिक्री केन्द्र याल्वाङ, याँचु, देउली र छेप्रेलाका लागि हाल उपलब्ध कोटाभन्दा धेरै मात्रामा माग गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाका प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।  २३ हजार क्विन्टल चामल हुम्ला जिल्लाको लागि टेण्डर भइसकेको छ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख आचार्यको भनाइ छ ।