१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २o:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भैँसीमा रेबिज पुष्टि, धमाधम पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३६:oo

गुल्मीको छत्रकोट गाउँपालिका-५ खज्र्याङका डालप्रसाद पन्थीको भैँसीलाई रेबिज भएको पुष्टि भएको छ। 

उनको भैँसी केहीदिनदेखि बिरामी परेको थियो। बिहीबार भैँसी मरेपछि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्ले नेतृत्वको प्राविधिक टोली पन्थीकोमा शुक्रबार पुगेका थिए। 

रेबिज परीक्षण गर्दा रेबिजको भएको विज्ञ केन्द्रका प्रमुख काफ्लेले बताए। डाल प्रसादको पहिले पनि एउटा भैसी मरेको थियो । त्यो भैँसी मरेको केहि दिनमा अर्को भैँसी बिरामी परेकाले अहिले रेविज परिक्षण गरिएको थियो। 

पन्थीको सिद्धिविनायक कृषि तथा पशुपंक्षी फर्ममा १४ वटा भैँसी छन्। एकपछि अर्को भैसी बिरामीहुँदै मर्न थालेपछि पीडा भएको बताए। बिहीबार गुल्मी दरबार गाउँपालिका ४ विरबासका बाबुराम कँडेलको भैँसीलाई पनि रेबिज लागेको पुष्टि भएको थियो। 

केहीदिन पहिले रेबिजको लक्षण देखिएकाले प्राविधिक टोली स्थलगत निरिक्षणमा गएको थियो। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख काफ्लेका अनुसार अहिलेसम्म लक्षण देखिएर चार वटा गाईभैँसी मरेपनि स्थानीयले गाडेकाले दुई भैँसीमा मात्रै रेबिज परीक्षण गरेकोमा दुवैको पोजेटिभ आएकाले सवै निकायले समन्वय र सहकार्य गरेर लाग्न पर्ने बताए। 

उनले आफूहरु खबर भएको ठाउँमा पुग्ने, खोप दिने, परिक्षण गर्ने र पीडितलाई सान्त्वना दिने काम गरेकाले सवै एकजुट भएर सचेतनामा लाग्न जरुरी भएको बताए। 

कार्यालयले अहिलेसम्म नौ सयभन्दा बढी कुकुर र पशुचाैपायलाई रेबिजको खोप दिइको काफ्लेले बताए। उनले लक्षण देखिने बित्तिकै पालिका र भेटेनरी अस्पताल लाई खबर गर्न आग्रह गरे। 

यो समस्या छिमेकी जिल्लामा समेत छ। स्थानीय तह र जिल्लाका अरु सरोकारवाल निकाय भने रेबिजका विषयमा चासो दिएका छैनन्। मानवीय क्षतिसहित किसानका लाखौँका पशुचौपाय मर्दा पालिका तथा प्रशासन तहबाट कुनै चासो नहुनु दुःखद् भएको स्थानीयले गुनासो गरे। 

गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापाले रेबिजले मान्छे मरेको हकमा छानविन समिति बनाएर प्रतिवेदन मागिएको र पशुचौपाया तथा मान्छेको लागि रेबिज खोज लगाउने अभियान अगाडि बढिरहेको बताए।