Skip This
हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o८:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५४:oo

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो ।  हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ ।

यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।  

गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।