Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ ६ शुक्रबार ०७:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऋणको ब्याज र बक्यौताबापत निगमले गर्‍यो थप डेढ अर्ब भुक्तानी

Read Time : < 1 मिनेट
२०७९ माघ ६ शुक्रबार ०७:४६:००

 नेपाल आयल निगमले नाफा आर्जन गर्न थालेपछि ऋणको ब्याज र बक्यौता भुक्तानीलाई तीव्रता दिएको छ । निगमले पुसमा मात्रै इन्डियन आयल कर्पोरेसन (आइओसी)को बक्यौताबापत करिब ७० करोड भुक्तानी गरेको जनाएको छ ।

त्यस्तै, सरकारबाट लिएको सात अर्ब ऋणको किस्ताबापत ७० करोड र ५ प्रतिशतले हुन आउने ब्याजबापत थप १८ करोडसमेत भुक्तानी गरेको छ । ‘आइओसीको बक्यौता कम गर्न निगमले सरकारसँग ५ प्रतिशत वार्षिक ब्याजदरमा सात अर्ब रुपैयाँ ऋण लिएकोमा उक्त ऋणको तिर्नुपर्ने प्रथम किस्ताबापत ७० करोड रुपैयाँ र पुस मसान्तसम्मको ब्याज रकम १८ करोड रुपैयाँ गरी जम्मा ८८ करोड सरकारलाई भुक्तानी गरिएको छ,’ निगमले विज्ञप्तिमार्फत भनेको छ ।

त्यस्तै, गत १५ पुससम्म आइओसीको बक्यौताबापत १८ अर्ब रुपैयाँ रहेको निगमले जनाएको थियो । तर, मंगलबार एक विज्ञप्ति जारी गर्दै पुस मसान्तसम्म आइओसीको बक्यौता १७ अर्ब ३० करोड रुपैयाँमा झरेको निगमले जनाएको छ । यसरी पुस १६ यता आर्जन गरेको नाफाबाट निगमले आइओसीलाई ७० करोड बक्यौता भुक्तानी गरेको जानकारी दिएको छ ।

यसअघि पुस १–१५ सम्मको नाफा र कारोबार रकमबाट निगमले आइओसीको बक्यौता झन्डै एक अर्ब रुपैयाँ तिरेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घट्ने तथा स्थिर रहने गरेको छ । जसकारण निगमले यसअघि नेपाली बजारमा तोकेको मूल्यमा इन्धन बिक्री गर्दा चर्को नाफा आर्जन हुने गरेको छ । 

निगम प्रवक्ता विनीतमणि उपाध्यायले तेल किन्दा लागेको ऋण तेल बेचेरै भुक्तानी गर्नुपर्ने बाध्यता रहेको बताए । उनले ऋण छिटो तिरिसके उपभोक्तालाई नै मूल्यमा राहत हुने पनि जानकारी दिए । आयल निगमले यसअघि वाणिज्य बैंकबाट लिएको तीन अर्ब रुपैयाँ ऋणको सावाँ–ब्याज भने भुक्तानी गरिसकेको छ ।