Skip This
राष्ट्रिय सहमतिमा एमालेको उम्मेदवार राष्ट्रपति हुनुपर्छ : ओली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सहमतिमा एमालेको उम्मेदवार राष्ट्रपति हुनुपर्छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सत्तारुढ दलहरूबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको स्पष्ट पारे।

‘एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा। नेकपा एमालेले उम्मेदवार उठाउँ। हाम्रो सहमति त्यही हो। यसमा राष्ट्रिय सहमति हुनुपर्छ। एमालेको राष्ट्रपतिको उम्मेदवारबारे पछि भनौँला,’ उनले भने।

अध्यक्ष ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिँजडा देख्नु अशुभ संकेत भएको टिप्पणी गरे। ओलीले प्रधानमन्त्री प्रचण्डलाई पिँजडाभित्र राख्न खोजेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको टिप्पणीलाई ओलीले अशुभ संकेतको रूपमा व्याख्या गरेका हुन्।