१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ५ बिहीबार १५:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यी हुन् सभामुखको निर्वाचनमा अनुपस्थित सांसद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार १५:४८:oo

प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। 

उनको पक्षमा एक सय ६७ मत आएको छ। यस्तै, कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी  ईश्वरीदेवी न्यौपानेले १०० प्राप्त गरेकी थिइन्।  कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा आजको बैठकमा दुई सय ६८ सदस्य उपस्थित थिए। 

स्वास्थ्यमा समस्या आएपछि सांसद वर्षमान पुन ललितपुरको सुमेरू अस्पतालमा उपचाररत छन्। यस्तै, सांसद  विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र 
लक्ष्मी महतो कोइरी आजको बैठकमा उपस्थित थिएनन्। यस्तै सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् भने ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद्को अध्यक्षता ग्रहण गरेका थिए। 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका