
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ त्रिभुवन विश्वविद्यालय एलुम्नाई एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका छन् । उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
नयाँ कार्यसमितिले एलुम्नाई एसोसिएसनले बौद्धिक क्षेत्रमा थप योगदान गर्ने अपेक्षा गरेको ग्रुपले जनाएको छ । एलुम्नाई त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूको साझा संस्था भएको हु“दा आजीवन सदस्यताका लागि सम्पर्क राख्न संस्थाले आग्रह गरेको छ ।