१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ३ बिहीबार १o:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बेलडाँडीमा पेट्रोल पम्प नहुँदा सेवाग्राही मारमा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३८:oo

कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरभन्दा ३० किलोमिटर र प्रदेश सरमुकाम धनगढीभन्दा ४० किलोमिटर दूरी टाढा बेलडाँडी गाउँपालिका पर्छ । जिल्ला सदरमुकाम महेन्द्रनगरभन्दा दक्षिण र प्रदेश सदरमुकामभन्दा पश्चिम क्षेत्रमा पर्ने बेलडाँडीमा पेट्रोल पम्प नहुँदा स्थानीय सेवाग्राही मारमा पर्दै आएका छन् ।

कृषि तथा गैरकृषि कामकाजका लागि सवारीसाधन प्रयोग गर्ने बेलडाँडीका स्थानीय मारमा परेका हुन् । गाउँपालिकाभरि पेट्रोल पम्प नहुँदा मोटरसाइकल, जिप, कार, ट्याक्टर, ट्रक, बसका सञ्चालक मारमा पर्दै आएको र उनीहरू गुणस्तरहीन बोतलमा बेच्न राखिएको इन्धन प्रयोग गर्न बाध्य भएका छन् । 

३६.५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जिल्लाकै सानो र कम जनसंख्या भएको पालिकामा नेपाल आयल निगमबाट मान्यताप्राप्त पेट्रोल पम्प नहुँदा इन्धनका सेवाग्राही मारमा परेका हुन् । उनीहरूले अन्यन्त्र गएर मात्रै तेल हाल्नुपर्ने बाध्यता छ । झन्डै ३० हजार जनसंख्या रहेको बेलडाँडीमा पाँच हजार घरधुरी रहेका छन् भने हजारकै हाराहारीमा साना तथा ठूला व्यवसायी रहेका छन्।अधिकांश मोटरसाइकलका प्रयोगकर्ता रहेका छन् । छोटो दूरीका लागि अधिकांशले मोटरसाइकललाई यातायातकै साधनको रूपमा प्रयोग गर्दै आएका छन् । 

अधिकांशको घरमा एक वा बढीमा तीन मोटरसाइकल, स्कुटर रहेका छन् ।  झन्डै कृषि कार्यका लागि साना तथा ठूला ट्याक्टर हजारकै हाराहारीमा रहेका छन् ।  अटो, जिप, कार, बसलगायतका ठूला सवारीसाधनसमेत सयौँको संख्यामा रहेका छन् ।

सीमावर्ती बेलडाँडीमा पेट्रोल पम्प नहुँदा स्थानीय व्यवसायी, निर्माण, उद्योगीसमेत मारमा पर्दै आएका छन् । मोटरसाइकल प्रयोगकर्तासमेत रहेका बेलडाँडी चवन्नीका युवा व्यवसायी प्रकाश मालीले गाउँमै पेट्रोल पम्प नहुँदा मोटरसाइकलका प्रयोगकर्ता र अन्य साना तथा ठूला व्यवसायी मारमा पर्दै आएको बताए ।

युवा व्यवसायी दीपेन्द्रसिंह धामीले गाउँमै पेट्रोल पम्प नहुँदा सवारीसाधनका प्रयोगकर्ताका साथै व्यवसायी मारमा परेको बताए । ‘म एक व्यवसायी पनि हुँ,’ उनले भने, ‘काममा लागि घरबाट विभिन्न स्थान निस्किनुपर्छ, तर अन्यन्त्र पेट्रोल पम्पमा गएर इन्धन हाल्दा समय नास हुने गरेको छ, कहिलेकाहीँ दिनभरि लाइनमा लागेर पनि इन्धन पाइँदैन, काममा बाधा उत्पन्न हुने गरेको छ ।’ 

ad
ad