मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Thursday, 10 July, 2025
कमलराज भट्ट काठमाडौं
२o७९ माघ ४ बुधबार १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १५:५२:oo

कांग्रेसबाट सभामुख पदमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन्।प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीबाट प्रमुख सचेतक प्रकाश  ज्वाला र लोसपा छन्।  

न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्षमण्डलको सदस्य थिइन्।  उनले संसद्को पहिलो बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले आराम गर्दा अध्यक्षता गरेकी थिइन् । न्यौपाने यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन्।

यता सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रस्तावकका रूपमा सुवासचन्द्र नेम्वाङले संसद् सचिवालयका महासचिव भरतराज गौतमसमक्ष देवराज सभामुखमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने सूचनाको प्रस्ताव बुझाएका थिए।  

घिमिरेको उम्मेदवारी प्रस्तावकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समर्थक छन्।