Skip This
गोरुपालक किसानलाई बाह्रबिसे नगरपालिकाको अनुदान 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका सिन्धुपाल्चोक
Invalid date format १५:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरुपालक किसानलाई बाह्रबिसे नगरपालिकाको अनुदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १५:३o:oo

बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रत्सानस्वरूप अनुदान दिएको छ। 

पालिकाले बुधबार एक कार्यक्रममार्फत प्रतिहल १०  हजारका दरले अनुदान दिन सुरु गरेको हो। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पूर्वसूचना तथा सञ्चारमन्त्री तथा सांसद मोहनबहादुर बस्नेत थिए। 

कार्यक्रमका उद्घाटन सांसद बस्नेत र प्रमुख बालकृण बस्नेतले गोरु जाेतेर गरेका थिए । नगरपालिकाका अनुसार पालिकामा सात सय ७६  हल गोरु छन् । रैथाने कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यस्वरूप अनुदान दिएको पालिकाले बताएको छ। 

नगर प्रमुख बस्नेतका अनुसार ट्याक्टरजस्ता प्रविधिको प्रयोग भौगोलिक र प्राविधिक रूपमा  जटिल हुने भएकाले नगरले अनुदान दिएर गोरुपालनलाई प्रोत्साहन गरिएको बताए। 

नगरपालिकाका अनुसार अनुदान लिन गोरुको अनिवार्य बिमा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। नगरको माटोको उर्वरा शक्ति ह्रास हुँदै आएको कारणले गर्दा उर्वरा शक्ति प्रांगारिक मललाई जोड दिन कृषकलाई अनुदान दिएको पालिकाका प्रवक्ता विमलप्रसाद पौडेलले बताए।

बाह्रबिसे नगरपालिकाले जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । अनुदान ८० लाख बढी खर्च हुने अमुन गरेको नगर प्रमुख बस्नेतले बताए।

‘किसानको अपेक्षअनुसार प्रत्यसाहनअनुसार अनुदान दिएको हो । बस्नेतले भने, कृषकलाई हामीले भेदभाव गरेका छैन । यहाँको आवश्यक जे हो हामीले त्यहीअनुसार काम गरेका छौँ,’ मेयर बस्नेतले भने।

पालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौँरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ। यसका लागि पालिकाले दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ।