Skip This
कर्णालीको उपसभामुखमा न्यौपाने निर्वाचित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीको उपसभामुखमा न्यौपाने निर्वाचित

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १४:५२:oo

कर्णाली प्रदेश सभाकाे उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएकी छिन्। बुधबार बसेको प्रदेश सभा बैठकले उपसभामुखमा न्यौपानेलाई बहुमतसहित निर्वाचित गरेको सभामुख नन्दा गुरुङले घोषणा गरिन्।  

प्रदेश सभाका ४० सांसदमध्ये प्रदेश सभाको बैठकमा ३८ जना सांसद उपस्थित रहेका थिए। उपस्थितमध्ये पक्षमा २४ मत र विपक्षमा १४ मत परेको थियो।

न्यौपानेलाई सत्तारूढ गठबन्धन (नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा)ले मत दिएको थियो । शाहीलाई कांग्रेस र स्वतन्त्र सांसदले मत दिए । समामुख गुरुङ मतदानमा सहभागी भइनन् । यसअघि आइतबार प्रदेश सभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियाे । 

कर्णाली प्रदेश सभाको सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रको भागबन्डा रहेको थियो। सभामुख एमाले नन्दा गुरुङ निर्वाचित भइसकेका छन्।कर्णालीमा सभामुख र उपसभामुख दुवै महिला निर्वाचित भएका छन्।