Skip This
कर्णालीकाे उपसभामुखमा न्यौपाने र शाहीको उम्मेदवारी दर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Saturday, 27 July, 2024
रमेश रावल सुर्खेत
२o७९ माघ ४ बुधबार १४:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीकाे उपसभामुखमा न्यौपाने र शाहीको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १४:४३:oo

कर्णाली प्रदेश सभाको उपसभामुख पदका लागि माओवादी केन्द्रकी यशाेदा न्यौपाने र कांग्रेसकी इन्द्राकुमारी शाहीको उम्मेदवारी परेको छ। आज हुने उपसभामुखको निर्वाचनमा शाही र न्यौपानेको उम्मेदवारी परेको हो। 

उपसभामुखका लागि आज निर्वाचन हुने कार्यतालिका रहेको छ। न्यौपाने कालिकोटबाट र शाही दैलेखबाट समानुपातिक सांसद हुन्। कर्णाली प्रदेशमा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राप्रपाको गठबन्धन छ। 

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक–एकजना सभासद् छन्। 

यसरी हेर्दा उपसभामुखमा सत्तागठबन्धनकाे २५ जना मत हुनेछ । त्यसैले उपसभामुखमा न्यौपानेको जित निश्चितजस्तै देखिएको छ।