Skip This
हजारभन्दा बढी महिला व्यवसायीलाई कोकाकोलाको ‘सक्षम तालिम’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ४ बुधबार o९:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हजारभन्दा बढी महिला व्यवसायीलाई कोकाकोलाको ‘सक्षम तालिम’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार o९:o६:oo

कोकाकोलाले आफ्नो ‘सक्षम तालिम’ कार्यक्रमअन्तर्गत एक हजारभन्दा बढी महिला व्यवसायीलाई सीप विकास तालिम प्रदान गरेको छ । कार्यक्रमको समापनसम्ममा कम्पनीले खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरू सञ्चालन गर्ने महिला व्यवसायीहरूको सीप विकास गर्न तथा सशक्तीकरण गर्ने उद्देश्यले एक हजारभन्दा बढी महिला व्यवसायीलाई तालिम दिएको हो । 

सन् २०२२ को मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोकाकोलाले आफ्नो बोटलिङ पार्टनर बोटलर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको सुरुवात गरेको थियो । खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरू सञ्चालन गर्ने महिलालाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोगसम्बन्धी तालिम दिनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

तालिम प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका मुख्य सहरहरूमा आयोजना भएको जनाइएको छ । सबैजसो तालिम कार्यक्रममा सहभागी भएका महिला व्यवसायीले तालिम उत्साहजनक रहेको प्रतिक्रिया दिएका थिए । सानो रकमबाट सुरु गरेको व्यवसाय यस्ता तालिमले अझ विस्तार गर्न आँट र सीप पुग्ने उनीहरूको प्रतिक्रिया रहेको कम्पनीले जनाएको छ । 

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोकाकोला बेटर सेयर्ड फ्युचरमा विश्वास गर्ने हुनाले महिला सशक्तीकरण जहिले पनि कम्पनीको प्राथमिकतामा पर्ने बताए । यो कार्यक्रममा अनुभवी र दक्ष प्रशिक्षकसँग मिलेर महिला व्यवसायीलाई व्यावसायिक तालिम, मेन्टोरिङ नेटवर्क, आर्थिक सेवालगायतका विभिन्न तालिम दिएको उनको भनाइ थियो । उनले भने, ‘एक हजार महिला व्यवसायीलाई तालिम दिने लक्ष्य रहेकाले अहिलेलाई हाम्रो लक्ष्य पूरा भएको छ र भविष्यमा पनि यस्ता कार्यक्रम ल्याउनेछौँ ।’

बोटलर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारी काठमाडौं उपत्यकाबाहिर विशेष गरी महिला सञ्चालक रहेको धेरै खुद्रा पसलहरू र रेस्टुरेन्टहरू रहेकाले त्यस्ता महिलालाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बताए ।