Skip This
अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छ : अध्यक्ष बिमा प्राधिकरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छ : अध्यक्ष बिमा प्राधिकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:५७:oo

बिमाका विषयमा राम्रो ज्ञान भएका व्यक्तिलाई मात्र बिमा अभिकर्ता छनोट गर्नुपर्ने र अभिकर्ताको सम्पूर्ण जिम्मेवारी कम्पनीले नै लिनुपर्ने नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । 

प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित बिमा अभिकर्ता व्यवस्थापनसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बिमाप्रति प्रतिबद्ध, दक्ष र योग्य अभिकर्ताबाट बिमा व्यवसायको गुणस्तर बढ्ने भएकाले अभिकर्ता इजाजतपत्रका लागि सिफारिस गर्दा गम्भीर हुनुपर्ने बताए ।

‘एउटा बिमकको बिमा अभिकर्ताले अर्को समान किसिमको बिमकको बिमा अभिकर्ता भएर काम गर्न नपाउने कानुनी व्यवस्था छ । अब बिमा कम्पनीले आफ्नो बिमा अभिकर्ता अर्को कम्पनीको बिमा अभिकर्ता छैन भन्ने निश्चित गर्नुपर्छ । बिमा अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छ । बिमा अभिकर्ता हुन तोकिएको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ,’ उनले भने । 

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विगतका कमिकमजोरी नदोहोरिने गरी संख्याभन्दा गुणस्तरलाई ध्यान दिएर काम गर्न तथा इजाजतपत्र नलिएकालाई बिमा अभिकर्ताका रूपमा काम नगर्न–नगराउन बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । 

नेपाल बिमा प्राधिकरणका उपनिर्देशक शम्भुराज लामिछानेले बिमकले बिमा अभिकर्ता छनोट गर्दा अन्य बिमा कम्पनीले आफूसँग उक्त बिमा अभिकर्ताको कुनै लेनदेन नभएको मञ्जुरीनामा दिएको वा बिमा अभिकर्ता स्वयंले अन्य बिमा कम्पनीमा आफ्नो कुनै लेनदेन बाँकी नरहेको कबुलियतनामा गरेको हुनुपर्ने व्यवस्था रहेको जानकारी दिए ।