१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ३ मंगलबार १०:४४:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ३ मंगलबार १०:४४:००

दाँतको स्याहार नगर्दा यसमा धेरै समस्या देखिन्छन् । राम्रोसँग दाँत सफा नगर्दा यसमा खानेकुरा अड्किन्छ र किरा लाग्न सक्छ ।  

दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेलगायत समस्या देखा पर्न सक्छ । त्यसैले दाँतलाई किराबाट जोगाउन दैनिक रूपमा बिहान–बेलुका सफा गर्न जरुरी छ । मिठाई, चकलेटलगायत गुलिया कुरा कम खानुपर्छ, खाएपछि मुख कुल्ला गर्न बिर्सनुहुँदैन । 

दाँत माझ्दा नरम ब्रस प्रयोग गर्नुपर्छ । फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्दा अझ राम्रो हुन्छ । बजारमा विभिन्न थरीका मञ्जन पाइन्छन्, तर फ्लोराइड भएको मञ्जन नै प्रयोग गर्नुपर्छ । 

ब्रस गर्ने आफ्नै विधि हुन्छ । प्रायः ब्रस गर्दा अगाडि–पछाडि घोट्ने गरिन्छ । त्यसरी घोटेर गर्नुहुँदैन । माथिल्लो भागको दाँत माझ्दा ब्रसलाई माथितिर र तल्लो भागमा माझ्दा तल्तिर फर्काएर गर्नुपर्छ । दाँतका सबै भागमा ब्रस गर्नुपर्छ ।