मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ ३ मंगलबार ०९:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका सातवटा क्रसर उद्याेग बन्द

Read Time : < 1 मिनेट
२०७९ माघ ३ मंगलबार ०९:४९:००

गृह मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २५ गते जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

सोहीअनुरूप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन् । अहिले सबै उद्योग बन्द भए पनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

उनले भने, ‘कागजपत्र लिएर प्रशासन आउन भनेका छौँ, कागजपत्र पेस गरेपछि मापदण्डअनुसार सञ्चालन भएको पाइएमा सञ्चालन गर्न अनुमति दिने र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइए प्रक्रिया नपुगुन्जेल बन्द गरिनेछ ।’ लमजुङमा सातवटा क्रसर उद्योग रहेका छन् ।