
सत्तारूढ गठबन्धनले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएकाे छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा पाँच घन्टा बसेको बैठकले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो
बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भोलि १ बजे नयाँ मन्त्रीहरूको शपथग्रहण हुने जानकारी दिए । उनले मंगलबार नै मन्त्रीहरूको नामसहित भागबन्डाको विवरण सार्वजनिक गरिने बताए ।