Skip This
बागमती प्रदेश सभाबाट पाँच अध्यादेश स्वीकृत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २o:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाबाट पाँच अध्यादेश स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o५:oo

बागमती प्रदेश सभाको सोमबार बसेको बैठकबाट विभिन्न ५ वटा अध्यादेशहरू स्वीकृत भएका छन्। गत पुस १८ गते बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरू सोमबारको बैठकबाट सर्वसम्मत स्वीकृत भएका हुन्।

सोमबारको प्रदेश सभाको बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको, अध्यादेश, २०७९ पेस गरेका थिए।

यस्तै, मुख्यमन्त्री जम्कट्टेलले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश २०७९ पेस गरेका थिए। ती सबै अध्यादेशहरू सोमबारको बैठकबाट सर्वसम्मत स्वीकृत भएका छन्।

प्रदेश सभाको सोमबारको बैठकबाट स्वीकृत भएसँगै सरकारलाई ती अध्यादेशलाई ऐनका रूपमा मान्यता दिन प्रतिस्थापन विधेयक ल्याउन बाटो खुलेको छ। 

अध्यादेशहरू स्वीकृत भएसँगै सरकारले सोही अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर संसदमा छलफल गरी कानुन निर्माण गर्नेछ। प्रदेश सभाको अर्को बैठक माघ ३ गते मंगलबार दिनको १२ः३० बजे बस्ने गरी स्थगित भएको छ।