१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जथाभावी नगरौँ पेनकिलरको प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o९:oo

जाडो बढ्दै छ । टाउको दुख्ने, पेट दुख्ने, जोर्नी दुख्नेलगायत विभिन्न समस्या यस मौसममा देखिन्छन् । कतिपय मानिस समस्या देखिएपछि त्यसको कारण र स्थायी समाधान खोज्नतर्फ लाग्दैनन्, बरु क्षणिक राहतका लागि औषधि पसलमा गएर पेनकिलर किन्छन् । तर, चिकित्सकसँग परामर्श नलिई जथाभावी औषधि सेवन गर्नु स्वास्थ्यका लागि घातक हुन सक्छ । पेनकिलर धेरै थरीका छन् । कस्तो दुखाइमा कुन औषधि खाने, कति मात्रामा खाने भनेर चिकित्सकसँग परामर्श अनिवार्य लिनुपर्छ ।

 जथाभावी पेनकिलरको प्रयोगले आन्द्रामा असर गर्छ, कलेजो बिगार्न सक्छ । सामान्य रोग लाग्नेबित्तिकै चिकित्सकसँग सल्लाह नगरी पेनकिलर प्रयोग गर्नेलाई बिस्तारै यसैको लत पर्न सक्छ । जथाभावी पेनकिलरको प्रयोगले कब्जियत, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्ने, पेटमा अल्सर वा रक्तश्राव, ग्यास्ट्रिक, श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छ । 

तपाईंले जुनसुकै औषधि लिँदा पनि त्यो तपाईंको रगतमा मिसिन्छ र फेरि किड्नीबाट फिल्टर भएपछि शरीरबाट निस्कन्छ । यस प्रक्रियामा पेनकिलरले किड्नीसम्म गइरहेको रगतको बहावलाई प्रभावित गर्न पनि सक्छ । जसकारण, एलर्जिक रियाक्सन हुन सक्छ वा किड्नी बिग्रन पनि सक्छ ।पेनकिलरको अत्यधिक प्रयोगले डिप्रेसन पनि निम्त्याउन सक्छ । फ्लेक्जन भनेको पारासिटामोल हालेको औषधि हो । यसको अत्यधिक सेवन गर्दा मस्तिष्कमा असर गर्छ । 

सावधानी 

  • त्यसैले जथाभावी औषधि पसलमा गएर रोगको निदान नगरी आफूखुसी औषधि खरिद गर्नुहुँदैन । दुखाइ भएमा डाक्टरलाई देखाउनुपर्छ । 
  • पेनकिलर लिएपछि तपाईंको पेटमा दुखाइ सुरु भयो भने तत्कालै यसको प्रयोग बन्द गरेर डाक्टरलाई देखाउनुपर्छ । 
  • यदि तपाईंको हृदयमा समस्या छ भने झुक्किएर पनि विशेषज्ञ डाक्टरको सल्लाह नलिई पेनकिलर खान हुँदैन । ब्लडप्रेसर, मधुमेह र किड्नीका बिरामीले पनि यस्तै गर्न जरुरी छ । दुखाइ भएको छ भने चिकित्सकसँग सम्पर्क राख्नुपर्छ । 
  • गर्भवती महिलाले डाक्टरलाई नसोधी पेनकिलर सेवन गर्नुहुँदैन । पेनकिलरको सेवनले गर्भपतन हुने खतरा रहन्छ ।
  • कुन रोगमा कति मात्रा खाने, कसरी खाने, के–के खाने भनेर डाक्टरसँग सल्लाह गरेर मात्रै प्रयोग गर्नुपर्छ । 

यी कुरामा ध्यान दिनुस् 

  • खाली पेटमा कहिल्यै पेनकिलर खानुहुँदैन । यसले शरीरमा एसिडिटी अत्यधिक मात्रामा बढाउँछ र स्वास्थ्य बिग्रन सक्छ । 
  • कतिपयले पेनकिलर पनि लिइरहेका हुन्छन् र अल्कोहलको सेवन पनि बन्द गर्दैनन् । डाक्टरको परामर्शमा पेनकिलर प्रयोग गरिरहनुभएको छ भने अल्कोहलबाट टाढा रहनुपर्छ । 
  • पेनकिलर प्रयोग गर्दाको समय शरीरमा पानीको मात्रा कम हुन दिनुहुँदैन । 
  • औषधिको चक्कीलाई कहिल्यै पनि टुक्र्याएर प्रयोग गर्नुहुँदैन । कतिपय मानिसले बच्चालाई औषधि टुक्रा–टुक्रा पारेर खुवाउँछन्, किनकि बच्चाले औषधि खान आनाकानी गरिरहेका हुन्छन् । तर, यस्तो गर्दा औषधिको पूरा डोज चाँडै शरीरमा घुल्छ र कहिलेकाहीँ हाम्रो शरीरले त्यसको प्रभावलाई सम्हाल्न सक्दैन । त्यसैले औषधिको चक्कीलाई सिंगै निल्नुपर्छ । तर, यदि आधा मात्रै औषधि खाने हो भने टुक्रा गरेर खाँदा पनि हुन्छ । 
ad
ad