Skip This
सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडकबत्ती
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस काठमाडौँ
Invalid date format १६:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडकबत्ती

Read Time : > 1 मिनेट
रासस, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

काठमाडौं महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन ।  ०७७ मंसिर २५ गते काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच  सहकार्य गर्ने गरी सम्झौता भएको थियो ।  

सम्झौता भएको ४५ दिनदेखि काम सुरु गर्ने भनिए पनि सुरुको एक वर्ष कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको महानगरको भनाइ छ । कोरोनाको त्रास कम भएपछि भने महानगरले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्नेजस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसकेको हो । 

सहमतिअनुसार महानगर क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक बत्तीका लागि  महानगर र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गरिने तथा लगानीको ६० प्रतिशत महानगरको र ४० प्रतिशत प्राधिकरणको रहने उल्लेख छ ।

महानगरको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौतामा उल्लेख छ । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, महाराजगन्ज चोक, पुतलीसडक, शीतलनिवासलगायत क्षेत्रमा करिब रु. १२ करोडको लागतमा एक हजार सात सय थान आधुनिक सडकबत्ती जडानका लागि  कार्य अघि बढाउने भनिएको छ ।

महानगरको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार स्मार्ट सडकबत्ती जडान गर्ने  सहमति भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान गर्ने तथा त्यसको  मर्मतसम्भार कसले गर्ने, बत्तीको महसुल कसले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न नसकेको हो । ती विषयमा सम्झौता गर्नका लागि छलफल भइरहेकाले सम्झौतापछि तत्काल काम सुरु हुने प्रमुख थापाले बताए ।

उनी भन्छन्, ‘यसअघि सम्झौता हुन नसकेको विषयमा पनि सहमति भई एक हप्ताभित्र काम अघि बढ्ने तयारीमा  छ । बाँकी रहेका स–साना विषयमा सहमति भएसँगै पैसा निकासा भएर काम अघि बढाउने तयारी छ।’ त्यसैगरी बत्ती जडानपछि बत्ती तथा ती स्थानका  फुटपाथलगायतको मर्मत विभागले गर्ने सम्झौतामा उल्लेख छ ।