Skip This
सोलार फार्मको आइपिओ आउँदै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सोलार फार्मको आइपिओ आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५२:oo

 सोलार फार्म लिमिटेडले प्रतिसेयर सय रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणमा निष्कासन गर्ने आइपिओका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्री आसबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सोलार फार्म लिमिटेडको अधिकृत पुँजी ६५ करोड, जारी पुँजी ६५ करोड र चुक्ता पुँजी ४५ करोड रुपैयाँ रहेको छ । 

नेपालको पहिलो सोलारबाट विद्युत् उत्पादन गर्ने संस्थाका रूपमा सन् २०१७ मा स्थापित सोलार फार्मले सन् २०२१ सेप्टेम्बर १४ देखि ५ मेगावाट क्षमताको सोलारबाट व्यावसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं ५ बेलचौतारामा अवस्थित छ ।