Skip This
‘शून्य कोभिड नीति’ त्यागेको एक महिनामै चीनमा ६० हजारको मृत्यु   
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १९:२o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘शून्य कोभिड नीति’ त्यागेको एक महिनामै चीनमा ६० हजारको मृत्यु   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२o:oo

चीनका स्वास्थ्य अधिकारीले शनिबार एक महिनाको अवधिमा कोभिड–१९ का कारण झन्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन्।

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्युरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमा जानकारी दिए। 

यो आँकडाले चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूलाई मात्र बुझाउने हुँदा कुल संख्या योभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन्। 

जिआओका अनुसार योमध्ये पाँच हजार ५०३ जनाको मृत्यु कोभिडका कारण आएको श्वासप्रश्वाससम्बन्धी समस्याले ज्यान गएको छ भने अन्य ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य अन्तर्निहित रोगका कारण भएको हो।

गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको संख्यालाई कम आकलन गरेको आरोप लाग्दै आएको छ। स्वास्थ्य अधिकारीहरूले बुधबार यकिन संख्याका बारेमा जानकारी लिन आवश्यक नभएको बताएका छन्।

बेइजिङले यसअघि कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने आफ्नो पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो। तर, विश्व स्वास्थ्य संगठनले यसको आलोचना गर्दै नयाँ परिभाषा ‘अत्यन्तै संकीर्ण’ भएको बताएको थियो। 

कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरणबारे डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने, ‘संगठनले चीनलाई अस्पताल भर्ना र मृत्युको बारेमा थप छिटो, नियमित, भरपर्दो तथ्यांकका लागि निरन्तर आग्रह गरिरहेको छ।’ 

शनिबार चीनका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुने ९० प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा माथिका रहेको बताएका थिए। तीमध्ये अधिकांश आधारभूत अवस्थाबाट पीडित रहेको उनीहरूले बताएका छन्। चीनमा ६० वर्षभन्दा माथिका लाखौँ मानिसले खोप लगाएका छैनन्।

तस्बिर : साउथ चाइना मर्निङ पाेस्ट