
कर्णाली प्रदेशको सभामुखमा नेपाली कांग्रेसबाट खड्ग पोखरेलले उम्मेदवारी दिएका छन् । शनिबार प्रदेश सभा पुगेर पोखरेलले सभामुखमा उम्मेदवारी दिएका हुन् ।
बिहान करिब ११ बजे पोखरेलले उम्मेदवारी दर्ता गराएका प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए । अहिलेसम्म सत्तारुढ गठबन्धनले भने उम्मेदवार छनौट गर्न सकेको छैन ।