१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोल्पामा एक युवकको शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५४:oo

डोल्पाको ठुलिभेरी नगरपालिकाको थाक्चु खोलामा एक युवाको शव भेटिएको छ । नगरपालिकाको वडा नं १० बस्ने २८ वर्षीय नरेश विकको शव भेटिएको हो ।

मृतक विक घरदेखि ४५ मिनेटको दुरीमा रहेको थाक्चु खोलामा घोप्टो अवस्थामा मृत फेला परेका र निधारमा  सानो चोट देखिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन चापागाईंले जानकारी दिए । घटना दुई दिनअघिको भएपनि प्रहरीलाई बिहीबारमात्र जानकारी प्राप्त भएको उनले बताए ।

बिहीबार जिल्ला अस्पताल पु¥याइएको शव शुक्रबारमात्र पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम भएपनि रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका आफन्तका अनुसार विक घाँस बेचेको पैसा उठाउन बिहानै घरबाट निस्किएका थिए । लामो समयसम्म नफर्केपछि खोजी गर्दा शव भेटिएको थियो ।

ad
ad