Skip This
रेशम चौधरीलाई तत्काल रिहा गर्न कांग्रेस सांसदको माग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेशम चौधरीलाई तत्काल रिहा गर्न कांग्रेस सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले रेशमलगायतका बन्दीलाई तत्काल रिहा गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे। उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छे मारिए पनि उनीहरूले न्याय पाएको, तर टीकापुर घटनामा परेकाहरूले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरे।

‘यो मुलुकमा धेरै ठुल्ठूला आन्दोलन भए । ठुल्ठूला आन्दोलनको नेतृत्व कहिले नेपाली कांग्रेसले गर्‍याे, कहिले माओवादीले गर्‍याे । यो देशमा मधेस आन्दोलन भयो । यो देशमा थारू आन्दोलन भयो । यो देशमा पहिचानका आन्दोलन भए । यो देशमा समानताका आन्दोलन भए । हरेक आन्दोलनहरुमा मान्छेहरु मारिएका छन । स्वतस्फूर्त आन्दोलनमा मान्छे मारिएका छन । तर, हरेक वेलामा यहाँ न्याय भएको छ । राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलन भनिएन । त्यसकारण कैलालीमा थारूहरूले गरेको आन्दोलन राजनीतिक आन्दोलन थियो । अन्याय भएको छ–रेशम चौधरीमाथि । अन्याय भएको छ थारूहरूमाथि । त्यसलाई करेक्सन गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु,’ उनले भने।