Skip This
पछिल्लाे राजनीतिक ‘महाभूकम्प’ ल्याउने योजनाकार केपी ओली : वामदेव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पछिल्लाे राजनीतिक ‘महाभूकम्प’ ल्याउने योजनाकार केपी ओली : वामदेव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको दाबी गरेका छन्। 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरेका हुन्। तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको भनाइ थियो। 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उहाँले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै उनले भने, ‘यो स्थिति ल्याउनुमा जुन आजको स्थिति बिग्रेको छ भनिन्छ । त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले)का अध्यक्ष । मलाई धेरै पत्रकारहरूले सोध्नुभएको थियो– यसपटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईंले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर ? मैले भनेँ– पात्र त प्रचण्ड नै हो । तर, योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ। महाभारतमा अर्जुन र कृष्णहरू छन् । कृष्णलाई मुख्य मान्छन्, तर धुनवान चढाएर सबैसबै समाप्त गर्ने त अर्जुन नै हो । त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने व्यक्ति मानिन्छ । पात्रको रूपमा अर्जुनलाई मानिन्छ । यसपटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली । र, मुख्य पात्र प्रचण्ड हुनुभएको छ।’

सांसद गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बनेकाे भन्दै प्रचण्डलाई धन्यवादसमेत दिए। उनले सरकारलाई विश्वासको मत दिएकोमा कांग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गरे। एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको सांसद गौतमको भनाइ थियो। 

‘नेपालको संविधानमा कहीँ पनि प्रतिपक्ष भन्ने छैन। त्यो त नियमावलीमा छ, सिद्धान्तमा छ । र, संविधानमा कहीँ पनि छैन। संविधानले एउटा अवस्थामा एउटै पार्टीको नेतृत्वमा सरकार बन्छ। अरू सबै प्रतिपक्षमा बस्ने स्पष्ट रूपले बताएको छ। यसपटकको सरकार संविधानको धारा ७६ को उपधारा २ को सरकार हो,’ उनले भने।