Skip This
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्चको आदेश, विदेश जान रोक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
टेकराज थामी काठमाडौं
Invalid date format १९:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्चको आदेश, विदेश जान रोक

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:११:oo

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। 

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको हो। 

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाइपछि यसअघिको जिल्ला अदालतको आदेश बदर भएको हो। 

लामिछानेका वकिलहरूले उनको तर्फबाट जिल्ला अदालतको आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिग नभएको जिकिरसहित पुनरावेदन निवेदन दिएका थिए। 
बिहीबार दिइएको १९ पन्ने आदेशमा लाछिमानेलाई देश छाड्न नपाउने गरी धरौटीमा छाड्नू भनिएको छ। नेपाली क्रिकेट टिमका पूर्वक्याप्टेन लामिछाने अब थुनामुक्त हुने भएका छन्। 

लामिछानेले मुद्दाको फैसला नभएसम्म नेपाल छाड्न पाउने छैनन् । यसका लागि उनले बाग्मती प्रदेश सरकारको अनुमति लिनुपर्नेछ । लामिछानेको पक्षबाट बहस गरेका अधिवक्ता सुवास पाठकले २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त हुने अदालतको आदेश आएको जानकारी दिए। 

उनले भने, ‘लामिछानेको मुद्दामा आज बहस थियो। यही क्रममा २० लाख धरौटीमा थुनामुक्त गर्ने आदेश अदालतबाट आएको छ। उनी अब थुनामुक्त हुनेछन्। तर, नेपाल छाड्नका लागि उनले बागमती प्रदेश सरकारको अनुमति लिनुपर्नेछ।’

गत २१ भदौमा एक बालिकाले लामिछानेले आफूलाई काठमाडौंको एक होटेलमा लगी दुईपटकसम्म बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। त्यसपछि उनी गत २१ असोजमा पक्राउ गरेका थिए।