मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
जुडी वाट्सन
२०७९ पौष २८ बिहीबार ११:४०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बिर्सिएको इतिहास उजागरण

Read Time : > 2 मिनेट
जुडी वाट्सन
२०७९ पौष २८ बिहीबार ११:४०:००

अहिलेसम्म हामीलाई इतिहासको उज्यालो संस्करण मात्रै पढाइँदै आइएको छ, जुन अस्टे«लियाको माटोमा भएका ज्यादतीबारे उल्लेख गर्न असफल छ । कुनै समय फसादको जड रहेको, तर इतिहासको गर्तमा दबाइएका सत्यलाई उजागरण गर्न अस्टे«लियामा राष्ट्रिय चेतनाको निर्माण हुन थालेको छ ।

मेरो ताजा सिर्जना ‘स्याडो बोन’ क्विन्सल्यान्ड राज्य अभिलेखालयबाट प्राप्त कागजातको भिडियो अभिलेख हो । यीमध्ये केही सामग्रीमा ‘हत्याको समय’ भनेर चिनिने एक अवधिमा अस्ट्रेलियामा भएको आदिवासीको नरसंहारको विवरण छ । यो भिडियोले सन् १८८० को दशकको अन्तताका सुदूरउत्तर क्विन्सल्यान्डमा बस्ने ओस्कार नामक एक आदिवासी युवकको स्केचबुकका तस्बिरलाई समेटेको छ । इतिहासकार जोनाथन रिचार्डस्का अनुसार आदिवासीविरुद्धको हिंसा डच नाविक विलियम जान्सजोनले सन् १६०६ मा अस्ट्रेलियामा पाइला टेकेदेखि सुरु भएको थियो । सन् १७८८ मा बेलायतको फस्र्ट फ्लिटको प्रवेशपछि ‘किलिङ टाइम्स’ हिंसा अझ वृद्धि भयो । आदिवासीको अन्तिम आधिकारिक नरसंहार सन् १९२९ मा भएको थियो । तर, २०औँ शताब्दीको उत्तराद्र्धताका पनि गैरदर्ज नरसंहार भएका हुन सक्छन् ।

केही इतिहासकारले लज्जाको कारण वास्तविकतालाई मेटाउने कोसिस गरेका छन्, तर मारिएकाको अवशेष यति सजिलै मेटिएर जाने छैन । फिल्ममा मैले मेरा परिवारको दाँत र कंकाल दुवैका एक्सरेहरू उपयोग गरेको छु । मेरो परियोजनाबारे बताएपछि मेरा दन्तचिकित्सकले समेत आफ्नो दाँतको एक्सरे दिन चाहे । उनी ताइवानी हुन् र उनी औपनिवेशीकरणको विनाशकारी इतिहास स्विकार्नुको महŒव बुझ्छन् । दाँत र हाडखोरहरू केवल ती हत्या गरिएका व्यक्तिको भौतिक अवशेष मात्र होइनन, अस्ट्रेलियाली औपनिवेशिक अधिकारीको हातबाट जीवन गुमाएका थुप्रै अश्वेत एवं आदिवासीको जीवनको प्रतीक पनि हुन् ।

यीमध्ये थुप्रै हाडखोर समुचित स्थानमा फकाईएका छैनन् । काल्काडुन र आररेन्त वंश र परम्पराका क्युरेटर (कला व्यवस्थापक) हेट्टी पर्किन्स संग्रहालयहरूमा रहेका पुर्खाहरूको अवशेषको सन्दर्भ–सूची बनाउने आफ्नो कामले ‘तपाईंको दराजमा हाम्रा कंकालहरू’ देखाउँछ भनेर लेख्छन् । विश्वभरका आदिवासी समुदायले आफ्ना पुर्खाका अवशेष र कलाकृति स्वदेश फर्काउन वार्ता गरिरहेका छन् ।

दूरदर्शी हुन जोखिम मोल्नुपर्ने हुन्छ । पारम्परिक माध्यमहरू असफल भएर नै मल्टिमिडियाका नयाँ विधिहरू आवश्यक परेका हुन् । मिडिया, सामग्री र विचारमा रूपान्तरणकारी प्रयोग गर्न सक्दा नै कलाकारहरू मौलाउँछन् । यसरी उनीहरू लुकेका कथा अनि वातावरणीय र विश्वव्यापी विपत्तिहरूको पर्दाफास गर्दै जाति, लिंग र प्राधिकारका पर्खाललाई धक्का दिन्छन् ।

‘स्याडो बोन’मा मेरा हात सूर्यको प्रकाशलाई छेकेर फैलँदै र बन्द हुँदै गरेको देखिन्छ । मैले वारेन (सिड्नी हार्बर)को पानीमा सूर्यको प्रकाश नाचेको दृश्यको भिडियो आफ्नो मोबाइल फोनबाट रेकर्ड गरेथेँ । भिडियोको पाश्र्वमा सुनिने आवाज सिड्नी हार्वर ब्रिजको ट्राफिकको हो । यसमा तपाईं पुलमुनिका ढुंगामा पानीको छालले दपेटेको आवाज पनि सुन्न सक्नुहुन्छ । सूर्यको प्रकाशलाई मैले मेरा हात फैलाएको र खुम्च्याउँदै छेकेको र खुला गरेको दृश्य मेरा साथी एवं कलाकार सहकर्मी रोजमेरी लेइङले मेरो काँधमा झुकेर उतारेकी थिइन् ।

अरुचिकर घटना र अरुचिकर तथ्यहरूलाई रोक्ने कार्य र अकर्मण्यतालाई म एनिमेट गरेर जीवन्त बनाएर देखाउन चाहन्थेँ । यो इफेक्ट विगत, वर्तमान र भविष्यको सन्दर्भमा यी त्रासदीहरूको अर्थ के हुन्छ भन्नेमा आधारित छ । प्रहरी हिरासतमा अश्वेतहरूको मृत्यु अद्यापि हुँदै छ । अस्टे«लियामा सीमान्त युद्धहरू लडिएका थिए र यसलाई स्वीकार गर्न आवश्यक छ । सम्झन पीडादायी भए पनि हाम्रो एउटा साझा इतिहास छ, जसलाई हामीले चिन्नु र सम्झिनुपर्छ । यो भिडियो एक ओजस्वी वाकावाका तथा काल्काडुन महिला अनि ब्ल्याकलास क्रियटिभ कन्सल्टेन्सीकी सहनिर्देशक अमान्डा हेम्यानले व्यवस्थापन गरेको मेरो पछिल्लो प्रदर्शनी ‘स्केलेटन्स (कंकालहरू)’को अभिन्न हिस्सा हो ।

सिर्जना र जीवन दुवैमा म मेरी जिजु–हजुरआमा रोजीबाट पे्ररित छु, जो उत्तर–पश्चिम क्विन्सल्यान्डको बोदजामुल्ला (लाउन हिल) क्षेत्रको आमनरसंहारमा बचेकी थिइन् । बच्न उनले आफूलाई पानीमुनि लुकाउन आफ्नो शरीरलाई ढुंगाले थिचेकी थिइन् र नरकटको मसिनो त्यान्द्रोको सहाराले सास फेरेकी थिइन् । उनी बाँचेकैले हामी अहिले यहाँ छौँ । अब बचाइका ती कथाहरू प्रकाशमा ल्याउने जिम्मा हामीमा छ ।

जुडी वाट्सन अस्टे«लियाको ब्रिसबेननिवासी एक ‘वानी’ कलाकार हुन् । अमान्डा हेम्यानद्वारा क्युरेट उनको ‘स्केलेटन्स्’ शीर्षकको कला प्रदर्शनी ब्रिसबेनको क्विन्सल्यान्ड राज्य अभिलेखालयमा देख्न सकिन्छ । यो निबन्धमा अमान्डा हेम्यान र जोनाथन रिचार्डस्ले योगदान गरेका छन् ।

(वाट्सन अष्ट्रेलियाको ब्रिसबेननिवासी एक ‘वानी’ कलाकार हुन् ।)