१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सन् २०२२ मा ६ लाख नाघे पर्यटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:१o:oo

सन् २०२२ मा विभिन्न देशबाट जहाज चढेर ६ लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या कोभिडअघि सन् २०१९ को तुलनामा ६५.१२ प्रतिशत हो । अर्थात्, कोभिडले थला परेको पर्यटक आगमन सन् २०२३ मा पुरानै लयमा फर्किने संकेत देखिएको छ । 

नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये एकतिहाइ हिस्सा भारतीय पर्यटकको रहेको छ । एक वर्षमा भारतबाट दुई लाख नौ हजार पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । यस्तै, अमेरिकाबाट ७७ हजार नौ, युकेबाट करिब ४४ हजार ७८१, अस्ट्रेलियाबाट २६ हजार ८७४ र बंगालादेशबाट २५ हजार ३८४ पर्यटक आएका छन् ।

 देशमा भित्रिएका कुल पर्यटकमध्ये सार्कको ४०.०६ प्रतिशत, युरोपको २१.७२ प्रतिशत, अमेरिकी देशको १४.१३ प्रतिशत, अन्य एसियाली देशको ८.३ प्रतिशत, ओसियानाको ४.६६ प्रतिशत, मध्यपूर्वको १.६२ प्रतिशत र अन्य देशको ९.५१ प्रतिशत हिस्सा रहेको छ ।

 कुन महिना कति पर्यटक ?
वर्षको पहिलो महिना जनवरीमा १६ हजार ९७५ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता पर्यटक आगमन बढोत्तरी भएको छ । फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६५३ र डिसेम्बरमा ६७ हजार ९३२ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
 

ad
ad