मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २८ बिहीबार १०:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दीपेन्द्र के खनालको नजरमा कुन अभिनेत्री कस्ता ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २८ बिहीबार १०:५५:००

स्वस्तिमा खड्का : स्वास्तिमा कमर्सियल फिल्ममा मात्रै फिट हुन्छिन् जस्तो लाग्थ्यो । आर्ट सिनेमामा सुहाउँदैन कि भन्ने लागेको थियो । तर, मेरो निर्देशनमा बनेको ‘चिसो मान्छे’मा उनले सोचेभन्दा राम्रो काम गरिन् । यस फिल्ममा अभिनय गर्न सुदूरपश्चिमको भाषा, लवज र त्यहाँको संस्कृति बुझनुपर्थ्यो । त्यसमा क्यारेक्टरका लागि डेप्थमा जानुपर्ने थियो । उनले त्यो सबै गरिन् । चमकधमकलाई बिर्सिएर भुँइमान्छे भएर पनि काम गर्न सक्ने उनको खुबी छ । त्यो खुबी बडो गज्जब लाग्यो । दुःख पाइएन, कम्फर्टेबल भयो । उनको स्वभाव सरल छ ।  

सुरक्षा पन्त : सुरक्षा पनि क्षमतावान् अभिनेत्री हो । क्यारेक्टरमा हदैसम्म डुबेर काम गर्ने उनको स्वभाव छ । काममा कुनै कम्प्लेन नै छैन । उनको जस्तो काम गर्ने शैली कमै कलाकारमा हुन्छ । क्यारेक्टरको रुने सिन छ भने त्यही मुडमा सेटबाहिर देखिन्छिन् । भित्रैदेखि क्यारेक्टरमा बस्छिन् । डाउन टु अर्थ छिन् । म पात्र हुँ भनेर काम गर्छिन् । सुरक्षा पन्त हुँ भनेर होइन । क्यारेक्टरमा निकै मिहिनेत गर्छिन् । 

प्रियंका कार्की : प्रियंका काममा निकै मिहिनेत गर्छिन् । उनको फ्यान फलोइङ पनि राम्रो छ । सबैसँग चाँडै घुलमिल हुन सक्छिन् । काममा डेडिकेटेड छिन् । अभिनय र नृत्य दुवैमा अब्बल लाग्छ । आफ्नो मनमा लागेका कुरा प्रस्टसँग भन्छिन् ।