Skip This
 प्रदेश १ का मुख्यमन्त्रीले २९ पुसमा विश्वासको मत लिने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १४:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 प्रदेश १ का मुख्यमन्त्रीले २९ पुसमा विश्वासको मत लिने 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १४:२८:oo

प्रदेश १ का नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही २९ पुसमा विश्वासको मत लिने भएका छन्। प्रदेश १ सभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीले २९ पुस शुक्रबार बिहान ११ बजे  विश्वासको मत लिने कार्यसूची तय भएको छ।

राप्रपाका ६ जना र जसपाका एक र माओवादी केन्द्रको १३ जना  गरी जम्मा ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीको मन्त्रिपरिषदमा आलोपालाेको नेतृत्वको माग गर्दै माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन।

यद्यपि, नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले  संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मुख्यमन्त्री कार्कीले २९ पुसमा संसदबाट समर्थन लिने भएका हुन्।

जम्मा ९३ जना सांसद रहेको प्रदेश १ सभामा सबैभन्दा ठूलो दल एमालेबाट माओवादी केन्द्र, राप्रपा र जसपाको सर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त थिए। आलोपालो नमिलेको भन्दै सत्तागठबन्धनमा सहभागी भइसकेको माओवादी केन्द्र भने मन्त्रिपरिषदमा गएको छैन।

२५ पुसमा मुख्यमन्त्री कार्कीले आफूसहित एमालेका तीन राप्रपाको एक र जसपाको एकजना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश एक सभामा  एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको एकसहित कार्कीलाई समर्थन गर्ने सांंसदहरूको  संख्या ६० जना छ।

सभामुखको निर्वाचन २८ पुसमा 

यसैगरी प्रदेश १ मा नयाँ सभामुखको चयन २८ पुस बिहीबार हुने तय भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बिहीबार बिहान ११ हुने निर्वाचनका लागि सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको छ। 

यसैले गौतम निर्विरोध सभामुख चयन हुने निश्चित छ। मुख्य प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी दिएको छैन। उपसभामुखको चयन भने ३० पुसमा हुने प्रदेश सभा सचिव गोपाल पराजुलीले जानकारी दिएका छन्।